६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

भीम रावलको आरोप- राष्ट्रपतिले खोप ल्याउन पहल गर्नु संविधानको उल्लंघन



नेकपा एमालेबाट निष्कासित नेता तथा पूर्वगृहमन्त्री भीम रावलले राष्ट्रपति विद्या भण्डारीबाट कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गरेको आरोप लगाएका छन् ।

रावलले राष्ट्रपतिबाट विभिन्न देशका राष्ट्र प्रमुखसँग खोपका लागि अघि बढाएको पहलको आलोचना गर्दै कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोपको याचना गर्नु संविधानको उल्लंघन हो भनेका छन् ।

रावलले ट्वीट गर्दै भने, ‘कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो। यसले, के प्रम र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ ।’


प्रतिक्रिया दिनुहोस !