Sunday, May 18, 2025

ट्रेन्डिङ :

कविता : अगाडि पछाडि

spot_img
spot_img

✍️ पेशल आचार्य
काठमाडौं ।

को अगाडि ?
को पछाडि ?

बुद्धि र विवेक
तर्क र दम्भ
बल र तरकिब
कुलीन र निर्धन
रइस र निरीह
प्रदेश र स्थानीय
राजा र रङ्क !

यी सब फजुल हुन् – –
नेताभन्दा जनता अगाडि
शिक्षकभन्दा विद्यार्थी अगाडि
बेपारीभन्दा ग्राहक अगाडि
बाबुभन्दा छोरो अगाडि
ड्राइभरभन्दा खलाँसी अगाडि
आइटीभन्दा ह्याकर अगाडि
मौलिकताभन्दा कपीपेष्ट अगाडि
पुलिसभन्दा अपराधी अगाडि
वकिलभन्दा झगडीया अगाडि
न्यायाधीशभन्दा वकिल अगाडि
संक्रमितभन्दा निको हुने अगाडि
यथार्थभन्दा झुट अगाडि
विधेयकभन्दा अध्यादेश अगाडि
संसदभन्दा विघटन अगाडि
खोपभन्दा चुनाव अगाडि,
सबै सबै सन्दर्भ र परिवेश
आफूतिरबाट हर्दा 6
अर्कोतिबाट हेर्दा 9

आरम्भ दृष्टि
र अन्त्य मीमांशा
कुन ठीक कुन बेठीक
इतिहासदेखि आजसम्म
बहस छ
बेमेल छ
छिनाझप्टी छ
ती र तीहरूमा
ये र यीहरूमा
उ र उनीहरूमा
बहुमतमा
अल्पमतमा
अझ मजा त कम्फर्टेबलमा
र सबै सबैमा
लघुशङ्का मिलन र
दीर्घ कोलाहल व्याप्त छ !

सार,
गुदी,
र निचोड
– म जहाँ उभिन्छु त्यहीँ ठीक हो
बाँकी सब बेठिक हुन् ! ! !

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?