१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

नयाँ बजेट नागरिकको थाप्लो माथि कर र ऋणको भार मात्रै : नेपाली कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएको बजेट जनताको आँखामा छारो हाली शासन गर्न खोजेको आरोप लगाएको छ । जेठ १५ गते सरकारले ल्याएको बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै काँग्रेसले बजेटमा जनताको आँखामा छारो हाली शासन गर्न सकिन्छ भन्ने मनोकांक्षाबाट ग्रसित रहेको टिप्पणी गरेको हो ।

सोमबार पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेसले सरकारले ल्याएको बेटमा कोरोना महामारीबाट सबै क्षेत्र आक्रान्त भएको बेला कुनै आशा जगाउन नसकेको ठहर गरेको छ । पार्टीका नेता डा. मिनेन्द्र रिजालले लिखित वक्तव्य पढेर सुनाएका थिए ।

बजेटमा प्रस्तुत गरिएका योजनाको कार्यान्वयन सम्भव नभएको र नागरिकको थाप्लो माथिको ऋणभार अझ बढ्ने निश्चित रहेको काँग्रेसले जिकिर गरेको छ ।

नयाँ बजेटबारे कांग्रेसको धारणा (पूर्णपाठ)


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय