१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

मध्यरातमा होटल याक एण्ड यतिमा ओली र नेपाल पक्षका नेताबीच वार्ता



नेकपा एमाले विभाजनको अवस्थामा पुगेका बेला पार्टीलाई फूटबाट जोगाउन दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली र वरिष्ठ नेता नेपाल पक्षका नेताहरुबीच सोमबार वार्ता भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेपाल समूहका ११ जना नेतालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको अवस्थामा एमालेका दोस्रो तहका नेताहरु पार्टीलाई फूटबाट जोगाउन सक्रिय भएका हुन् ।

सोमबार राती एमालेका दुवै पक्षका सात जना नेताहरुको बैठक होटल याक एण्ड यतिमा बसेको स्रोतले जानकारी दियो ।

बैठकमा अ‍ोली पक्षबाट स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी थिए ।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङले पार्टीलाई एकताबद्ध गर्नका लागि वार्ता भएको जानकारी दिए । उनले शीर्ष नेताहरुबीच देखिएका असमझदारी मिलाउँदै पार्टीलाई एकताबद्ध राख्न दोस्रो पुस्ताका नेता सक्रिय भएको जानकारी दिए । नेता नेम्वाङले केही दिन भित्र सुखद् परिणाम आउने बताए ।


प्रतिक्रिया दिनुहोस !