१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

अर्थशास्त्री गोविन्द थापाको कोरोना संक्रमणबाट निधन



काठमाडौं । अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमणबाट पीडित थापाको सोमबार बिहान करिब ५ बजे शहीद गंगालाल अस्पतालमा निधन भएको हो ।

थापाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार समेत गरिएको छ । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको सल्लाहकार रहेका थापा नेपाल राष्ट्र बैंकको पूर्वकार्यकारी निर्देशक हुन् । सुरेन्द्र पाण्डे अर्थमन्त्री भएका बेला उनलाई सरकारले एशियाली विकास बैंकमा काम गर्ने अवसर दिएको थियो ।

नेकपा एमालेको अर्थ योजना, अनुसन्धान विभागको पाण्डे अध्यक्ष र थापा सचिव रहेका थिए । पूर्व अर्थमन्त्री पाण्डेले पार्टी र देशले एउटा राम्रो व्यक्ति गुमाएको बताए । ‘म भर्खरै झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिएर पशुपतिबाट फर्कँदैछु, उहाँ एउटा देशभक्त र पार्टीको बफादार कार्यकर्तासमेत हुनुहुन्थ्यो,’ उनले भने ।

पोखरामा जन्मिएका थापाका श्रीमती, एक छोरा र एक छोरी छिन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय