७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

किम जोंगले बनाए डे फेक्टो ईन सेकेन्ड कमाण्ड, को हुन् दोस्रो शक्तिशाली व्यक्ति ?



एजेन्सी : उत्तर कोरियाको सत्ताधारी कोरियन वर्कर्स पार्टीले नेता किम जोंग उनको नेतृत्वमा डे फेक्टो दोस्रो कमान्ड निर्माण गर्न विधान परिमार्जन गरेको छ । डे फेक्टा कमाण्ड निर्माणपछि उत्तर कोरियाले राजनीतिमा सुधार ल्याउने अपेक्षा गरेको दक्षिण कोरियाको योनहप समाचार एजेन्सीले बताएको छ । डे फेक्टो ईन सेकेन्ड कमाण्डको पहिलो बैठकमा किम जोंग उनले नै अध्यक्षता गर्ने उत्तर कोरियाको अज्ञात स्रोतले जानकारी दिएको छ ।

जनवरीमा उनको वर्कर्स पार्टी अफ कोरियाको एक सभामा किमले आफ्नो शक्ति सुदृढ गरेर महासचिवमा चुनिएका थिए । यो अघि उनका पिता किम इल सुंग पार्टीका महासचिव रहेका थिए । अब किम पार्टीको लागि सरकारमा आफ्नो बुबाको अधिक सैन्य केन्द्रित प्रशासनको तुलनामा ठूलो भूमिका खोजीरहेका छन्, समाचार एजेन्सीले भनेको छ । किम जोंग इल युगको प्रमुख कुञ्जी मानिने मिलिटरी फस्ट पोलिटिक्स शब्दकोसमेत पार्टी उपकानूनको प्रस्तावबाट खारेज गरिएको छ । त्यस्तै किम जोंग उनले २०१२ देखि २०१६ सम्ममा पहिलो सचिवको पद सिर्जना गरेर आफैले जिम्मा लिएका थिए ।

किमको उनको नयाँ पद, पार्टीका सात सचिवहरु मध्ये सबैभन्दा वरिष्ठ, जो योंग वोनले लिने सम्भावना छ, जो पोलिटब्युरोको पाँच मध्ये बरिष्ठ र शक्तिशाली प्रेसिडियमका सदस्य हुन् योनहपले भनेको छ । जो, किमको नजिकका सहयोगीहरू मध्ये एक मानिन्छन् । किम र पिपुल्स सुप्रिम एसेम्बलीको स्थायी समितिका अध्यक्ष चोए रोएंग हेई पछि तेस्रो ठूलो पदको जिम्मा लिनेछन् । गत वर्ष एक दक्षिण कोरियाली खुफिया एजेन्सीले किमकी बहिनी किम यो जोंगलाई आफ्नो डे फेक्टो सेकेंड इन कमान्डको भूमिकामा रहेको बताएपनि सबै आँकलन फेल भएको छ ।

source, reuter : https://www.reuters.com/world/asia-pacific/nkoreas-ruling-party-sets-up-new-post-under-leader-kim-yonhap-2021-06-01/


प्रतिक्रिया दिनुहोस !