Monday, March 17, 2025

ट्रेन्डिङ :

ओरालो लाग्यो सेयर बजार, ,दिनभरी बजारमा ४८ अंकको उतारचढाव, कारोबार रकमपनि घट्यो

spot_img
spot_img

नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयको पेलानपछि सेयर बजार निरन्तर घट्न थालेको छ। सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ।

सरकारले बजेट र राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत सेयर बजारलाई पेलेका कारण मंगलबार बजारमा ४८ अंकको उतारचढाव देखिएको छ। २७९९ विन्दुसम्म पुगेको बजार सूचक २७५१ सम्म तल आएको थियो। अन्तत ११.६८ अंक घटेर बजार बन्द भएको छ ।

दिनभरीमा ८ अर्ब ५९ करोड रुपैयाँको मात्र धितोपत्र किनबेच भएको छ। सरकारले बजेटमार्फत अल्पकालिन र दीर्घकालिन भनेर पुँजीगत लाभकरको दर फरक गरिदिएको छ। राष्ट्र बैंकले सेयर धितो ऋण मूल्याङ्कनदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई लगानीमा अंकुश लगाइदिएको छ।

मंगलबार बिकास बैंक, फाइनान्स र अन्य सूचक बढेको छ। बाँकी सबै घटेका छन्। बजार घटेका बेलामा पनि कालिका पावर कम्पनीको सेयर मूल्यमा बढेर सर्किट लागेको छ। धेरै मूल्य पनि जलविद्युत कम्पनीहरुकै घटेको छ।

सर्वाधिक कारोबारमा पनि नेपाल रिइन्स्योरेन्स कम्पनीले नै निरन्तरता पाएको छ। कम्पनीको दिनभरी ५७ करोड ८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। दोस्रोमा लुम्बिनी विकास बैंकको ३० करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?