Monday, March 17, 2025

ट्रेन्डिङ :

ठाकुर पक्षले पनि उपेन्द्र यादवलाई गरे पार्टीबाट निष्कासित

spot_img
spot_img

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई महन्थ ठाकुर पक्षले पार्टीबाट निष्कासन गरेको छ । अध्यक्ष ठाकुरलगायत चारजनालाई यादव पक्षले पार्टीबाट निष्कासित गरेपछि ठाकुर पक्षको बबरमहलमा बसेको बैठकले कारवाही गरेको हो ।

बैठकले यादवलाई पार्टीबाट निष्कासन गरेको नेता लक्ष्मणलाल कर्णले रातोपाटीलाई जानकारी दिए । अध्यक्ष यादवले पार्टीका चारजनालाई गरेको कारवाही पार्टीको विधान विपरित रहेको पनि बैठकले ठहर गरेको कर्णले बताए । कारवाहीबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?