१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

दुई वर्षभित्र दुध उत्पादनमा आत्मनिर्भर बन्ने कृषि मन्त्री पद्माकुमारी अर्यालको दाबी



काठमाडौं । मुलुक दुई वर्ष भित्र दूध उत्पादनमा आत्मनिर्भर बन्ने दाबी कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले गरेकी छिन् ।

विश्व दूध दिवशको अवसरमा दूग्ध राष्ट्रिय दुग्ध विकास बोर्डले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा बोल्दै मन्त्री अर्यालले यस्तो धारणा राखेकी हुन् । प्रति व्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पुरा हुने वातावरण बनेको मन्त्री अर्यालको दाबी छ ।

मन्त्री अर्यालले दूग्ध र डेरी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी बजेट ल्याएको दाबी गर्दै दूग्ध क्षेत्रमा भएकासमस्या समाधानतर्फ मन्त्रालय लागिरहेको बताईन् । ‘दुध उत्पादन बढाउने र बजारीकरण गर्ने कार्यतर्फ मन्त्रालय लागिपरेको छ ।

‘दूग्ध क्षेत्रमा भएका समस्या समाधानतर्फ हामी लागिरहेका छौ,’ मन्त्री अर्यालले भनिन् । कोभिड १९ महामारीले दूग्ध क्षेत्रमा समस्या सिर्जना गरेको भन्दै उनले यस विषयमा मन्त्रीपरिषद्को बैठकमा समेत छलफल भएको र बजारसँग जोडिएका कुरालाई सहजीकरण गर्ने दिशातर्फ सरकार अगाडि बढेको धारणा राखिन् ।


प्रतिक्रिया दिनुहोस !