Sunday, March 16, 2025

ट्रेन्डिङ :

माधवलाई ४ नेताको धम्की, पार्टी फुटाए ओलीलाई नेता मान्नुको विकल्प छैन

spot_img
spot_img

काठमाडौं : फुटको संघार पुगेको नेकपा एमालेलाई दोस्रो पुस्ताका नेताहरुले तत्कालका लागि सुपर ग्लु लगाएर टालिदिएका छन् । नेकपा एमालेको स्थायी समिति बैठकले माधव नेपाल, झलनाथ खनालसहितका दर्जन बढी नेताहरुलाई एमालेबाट साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेपछि नेपाल समूहका दोस्रो पुस्ताका नेता घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण बिष्टले माधव नेपाललाई पार्टी फुटाए ओलीलाई समर्थन गर्ने धम्की दिएपछि नेपाल र खनालले नयाँ पार्टी गठन गर्न ढिला गरेको स्रोतको दाबी छ ।

चार नेताहरुले माधव नेपाललाई पार्टी नफुटाउन धम्की दिएपछि नयाँ पार्टी गठन प्रक्रिया रोकिएको मात्र होईन, एमालेको स्थायी समिति बैठकपनि स्थगित भएको छ । सोमबार एमालेको स्थायी समिति बैठकले स्पष्टीकरण सोधेका १२ नेताहरुलाई पार्टीबाट निकाल्ने तयारी गरेको भएपनि माधव समूहका दोस्रो पुस्ताका नेताले पार्टी विभाजन हुनबाट रोकेको सुचना बालुवाटार पुगेपछि ओलीले केही दिनका लागि बैठक स्थगित गरेको स्रोतको दाबी छ ।

आफुलाई कारबाही भएपछि नेता नेपाल, झलनाथ खनाल र भीम रावल क्रुद्ध बनेका भए पनि दोस्रो पुस्ताका नेताहरुले पार्टी नफुटाउन सल्लाह दिएको र यदी एमाले फुटाए आफुहरु मूल धारमा जाने चेतावनी दिएका थिए । उनीहरुले एमाले मै रहेर ओली विरुद्ध संघर्ष गरे नेपाललाई साथ दिने तर तथमकदाचित पार्टी फुटाई हाले ओलीलाई साथ दिनुको विकल्प छैन भन्ने धम्कीपूर्ण सल्लाह दिएपछि नेपाल र खनाल बिलखबन्दमा परेको एमालेको उच्च स्रोतले बतायो ।

एमाले समान्य ईतिहासबाट बनेको पार्टी होइन, एमालेले नेपालको कम्युनिस्ट आन्दोलनलाई मूलधारमा ल्याएको हो । माओवादीले यो पार्टीलाई टक्कर दिन सक्थ्यो तर अहिले माओवादी टुटफुटले सिद्धिईसकेको छ । नेकपाको विभाजनपछि बादल र टोपबहादुर एमालेमा प्रवेश गरेका छन् । उनीहरुको माओवादी सशस्त्र युद्धमा भूमिका समान्य थिएन । माओवादीका असाधारण क्षमता भएका नेताहरु एमालेमा प्रवेश गरेका छन् । एमालेलाई टक्कर दिन सक्ने माओवादीको विभाजन गराउन कमरेड ओली सफल हुनु भएको छ । बादल र टोपबहादुर एमालेमा प्रवेश गरिसकेपछि माओवादी अति रक्षात्मक बनेको छ । समान्य तरिकाले माओवादीको विघटन संभव थिएन एमालेका एक नेताले भने । यदी ओलीको यो असधारण कामलाई नेपाल र खनालले नबुझे ईतिहासले उनीहरुलाई माफी दिने छैन ती नेताले भने । विभाजनले कसैलाई फाईदा पुर्याउँदैन । बरु आफ्ना असहमति पार्टीमै रहेर राख्न सकिन्छ ती नेताले भने ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूबीच पार्टी एकता जोगाई राख्नका लागि सोमबार राती याक एण्ड यति होटेलमा दुई समूहका दोस्रो तहका नेताहरुबीच छलफल भएको थियो । पार्टीलाई २०७५ जेठ २ को आसपासमा फर्काएर सहमति खोज्ने विषयमा छलफल भएको थिायो । छलफलमा ओली समूहबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल समूहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी रहेका थिए ।

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?