Wednesday, March 19, 2025

ट्रेन्डिङ :

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना : परीक्षण प्रसारण दुई हप्तापछि

spot_img
spot_img

चरीकोट । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले दुई हप्तापछि विद्युत् परीक्षण प्रसारण गर्ने तयारी गरेको छ । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले मुख्य संरचनाहरूको प्राविधिक परीक्षण गरिसकएकाले दुई हप्तापछि विद्युत् परीक्षण प्रसारण गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोजनाका जोखिम तथा चुनौतीपूर्ण मानिएका ३७३ मिटर अग्लो तल्लो मुख्य पाइप र ३१० मिटर अग्लो माथिल्लो मुख्य पाइप र साँघुरो पाइप जोड्ने करिब सय मिटर तेर्सो मुख्य पाइपको प्राविधिक परीक्षण सफल भएको छ । पावर हाउसका पाँच युनिटमध्ये एकको प्राविधिक परीक्षण सफल भएको छ । अब पावर हाउसका पाँचवटा युनिट र सुरुङ अडिट गेटको प्राविधिक परीक्षण थालिएको छ । यिनको प्राविधिक परीक्षण सकिएपछि विद्युत् परीक्षण प्रसारण गरिन्छ । यी संरचनामा पानी पठाउँदै परीक्षण गर्दै पानी सुकाएर हेर्नुपर्ने हुनाले समय लागेको हो ।

असार महिनासम्ममा दुईवटा युनिटबाट विद्युत् उत्पादन गर्न सकिने देखिएको जानकारी दिँदै प्रवक्ता डा. न्यौपानेले भन्नुभयो, “आयोजनाको सबैभन्दा संवेदनशील र चुनौतीपूर्ण मानिएको ८२२ मिटरको वाटरहेड धान्ने मेनसट अफ भल्भ तथा छवटा युनिटमा जडान गरिएका मेन इन्लेट भल्भहरूको प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । एक युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुन्छ । ”

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?