
नवलपुर– पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ केरारेनीस्थित चौधरी उद्योगको बियर प्लान्टमा आगलागी भएको छ । उद्योगको आइस वियर प्लाण्टमा बिहान ८ बजेतिर अचानक आगलागी भएको हो । आगो अझै नियन्त्रणमा आइसकेको छैन ।
प्रहरी, दमकल र कामदारहरुले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । अहिलेसम्म बोटलिङ प्लान्ट र गोदाममा आगो लागेको उद्योगका प्रशासन प्रमुख दामोदर पौडेलले बताए । आगलागीको कारण खुलेको छैन । क्षतिको विवरण आउन बाँकी रहेको छ ।