७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

राष्ट्रपति, प्रधानमन्त्री र भारत मिलेर नेपालमा अहिलेको राजनीतिक संकट निम्त्याए : बाबुराम भट्टराई (भिडियो सहित)



काठमाडौं : पुर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले अहिलेको नेपालको राजनीतिक संकट आउनुमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मुख्य भूमिका रहेको बताएका छन् । भारतीय अंग्रेजी अनलाई द प्रीन्टसँग लाईभ कुराकानी गर्दै भट्टराईले प्रधानमन्त्री ओलीको सत्ता मोह र छिमेकी भारतको उक्साहट पनि अहिलेको संकटको कारक तत्व रहेको बताए । प्रधानमन्त्रीले संविधानको उल्लंघन गर्दै दोस्रो पटक संसद विघटन गरेर निरकुंश शासन चलाउन खोजेको बताए । त्यस्तै विद्यादेवी भण्डारीले पनि संसदलाई नजरअन्दाज गर्दै ओलीलाई साथ दिएको र अहिले विघटन सर्वोच्च अदालतमा मुद्धाविचाराधीन रहेकाले संसदको पुनस्थापना हुने पनि बताए ।

उनले भने अहिलेको नेपालको राजनीतिक संकटमा अरु राजनीतिक दलहरु पनि जिम्मेवार छन् तर भारतले जहिले पनि नेपालको राजनीतिलाई संकटतर्फ धकेल्न पर्दा पछाडीबाट भूमिका खेलने गरेको छ । म एक जनता भएर भन्न चाहन्छु । भारतका भूराजनीतक सुरक्षा चुनौती बाहेक अरु बिषयमा भारतले नेपाललाई स्वतन्त्र रुपमा चल्न दिनु पर्छ । नेपाली जनताले जहिल्यै पनि भारतबाट सुरक्षा र सार्वभौमितामा खतराको महशुस गर्ने गरेका छन् डा. भट्टराईले भनेका छन् । नेपाली र भारत दुई मित्र देश हुनुको नाताले एकले अर्काको विश्वास गर्नुको विकल्प नरहेको बताए । उनले भने, भारतले सधै नेपाललाई सहयोग गरेको छ तर नेपालीहरुले हामीलाई विश्वास गर्दैनन् भन्ने भारतलाई लागेको छ, नेपालीहरुलाई पनि भारतले नेपालको सार्वैभौमिकताको सम्मन गर्दैन भन्ने आशंका रहेको छ ।

कतिपय नेपाली राजनीतिक नेतृत्वले एण्टी ईण्डियन कार्ड खेल खेल्ने गरेका छन् । यो महेन्द्रको पालादेखि नै चलिआएको छ । म यसका बिरुद्ध उभिने गरेको छ । माओवादी आन्दोलनका बेला पनि मैले ठूलो रिस्क उठाएर भारतसँग सम्बन्ध सुधार गरेको थिए । तसर्थ भारतले पर्दा पछाडीबाट खेल्ने काम बन्द गर्नु पर्दछ । जे गरे पनि खुल्ला रुपमा छलफल गरे दुबै देशको हित हुने छ । भारतले नेपालको माईक्रो म्यानेजमेन्टमा नभई फराकिलो छाती पारेर खुल्ला राजनीतक छलफल गर्नु पर्दछ भट्टराईले भने तर नेपालका लागि पूर्व भारतीय राजदूत राकेश शूदले भने अहिलेको नेपालको राजनीतिक संकटमा भारतको पर्दा पछाडीबाट कुनै भूमिका नरहेको बताए ।

source : 


प्रतिक्रिया दिनुहोस !