Wednesday, March 19, 2025

ट्रेन्डिङ :

सहरी विकास कार्यक्रमका निर्देशकको स्वयम्भुमा देखिएको प्रेमलिला

spot_img
spot_img

काठमाडौं। निषेधाज्ञाको समयमा काठमाडौंको स्वयम्भु डाँडामा सरकारी गाडी लिएर युवतीसँग डेटिङमा लिप्त’ तस्बिर र भिडियो सार्वजनिक भएको काण्डमा सरकारी आयोजनाका निर्देशक रोशन श्रेष्ठ रहेको खलेको छ । कोरोना महामारीका कारण राजधानीलगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहेको बेला आइतबार बिहान करिब ११ बजेको समयमा स्वयम्भु डाँडामा प्रदेश नं. ३–०१– ००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर एक जोडी अंकमाल गरेका तस्बिर र भिडियो सामाजिक सन्जालमा सार्वजनिक भएको थियो।

उक्त गाडी नयाँ शहर आयोजना समन्वय कार्यालयका निर्देशक रोशन श्रेष्ठको रहेको खुलेको छ। श्रेष्ठले नै एक युवतीलाई लिएर त्यहाँ रोमान्स गर्न गएको आयोजनाकै कर्मचारी बताउँछन् । अहिले सबैतिरबाट उक्त गाडीको बारेमा खोजी हुन थालेपछि श्रेष्ठ मोबाइल स्वीच अफ गरेर बसेका छन् । तर, सरकारी नम्बर प्लेट भएकाले उनीहरुलाई प्रहरीले निर्वाध हिंड्न छुट दिएको थियो। भिडियो र तस्बिरमा उनीहरुको अनुहार भने प्रस्ट देखिँदैन।

सरकारी गाडीमा पुगेका ती जोडीले अनैतिक गतिविधि देखाउन थालेपछि स्थानीयले पत्रकारलाई खबर गरेका थिए । स्थानीयको खबरपछि पत्रकार छायाचन्द्र भण्डारी घटनास्थलमै पुग्दा उक्त जोडी डाँडामा एक कुनामा मोजमस्तीमा लिप्त देखेपछि उनले तस्बिर तथा भिडियो कैद गरेर सामाजिक सन्जालमा हालेका थिए। पत्रकार भण्डारीले उनीहरुलाई सरकारी गाडी लिएर लभ गर्न आउनुभएको रहेछ भनेर प्रश्न गरेपछि उठेर उनीहरु हतार–हतार दौडिएर तत्कालै गाडी स्टार्ट गरी ‘टाप’ कसेका थिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?