७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

टेलिकमको ९ महिनाको आम्दानी ३१ अर्ब ६७ करोड



काठमाडौं  : चालू आर्थिक वर्ष नेपाल टेलिकमको ग्राहकबाट सोझै प्राप्त हुने आम्दानी सुध्रिएको छ । तर, खुद नाफा भने घटेको छ । चालू आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरणअनुसार तेस्रो त्रैमास (माघ-चैत) मा मात्र कम्पनीले ग्राहकबाट ९ अर्ब ७२ करोड रुपैयाँ आय गरेको थियो । गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा ग्राहकबाट हुने टेलिकमको आम्दानी ८ अर्ब ७९ करोडमा खुम्चिएको थियो । तेस्रो त्रैमासमा मात्र टेलिमकको नाफा करिब एक अर्ब रुपैयाँले बढेको छ ।

चालु आर्थिक वर्षको नौ महिनासम्म (साउन-चैत) टेलिकमको ग्राहक आम्दानी २७ अर्ब ४५ करोड रुपैयाँ छ । जुन अघिल्लो आवको सोही अवधिमा २६ अर्ब ८३ करोड रुपैयाँ थियो । ग्राहकबाहेक टेलिकमले ब्याज तथा अन्य बिक्रीबाट समेत आम्दानी गर्छ । जसलाई विवरणमा अन्य आम्दानी शीर्षकमा राखिन्छ । अन्य आम्दानीसहित नौ महिनामा टेलिकमको कूल आम्दानीले ३१ अर्ब ६७ करोड रुपैयाँ कमाएको छ । गत आवको समीक्षा अवधिमा टेलिकमको कूल आम्दानी ३२ अर्ब २७ करोड रुपैयाँ थियो ।

महामारीकाबीच पनि ग्राहक आम्दानी बढाएको भएपनि टेलिकमको खुद नाफा बढ्न सकेको छैन । नौ महिनासम्म टेलिकमको खुद नाफा पाँच अर्ब ८८ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको चैतसम्म ७ अर्ब ५६ करोड रुपैयाँ थियो । गत आर्थिक वर्षमा टेलिकमले ४१ अर्ब ४९ करोड रुपैयाँ आम्दानी गरेको थियो । तर, ०७५ साउनदेखि ०७६ असारसम्मको टेलिकमको आय ४३ अर्ब ८३ करोड ९० लाख थियो। प्रयोगकर्ताले भ्वाइस कलको सट्टा ‘ओभर दी टप’ (ओटीटी) सेवा प्रयोग गर्दा टेलिकमको आम्दनी खुम्चँदो छ । त्यसबाहेक महामारीमा पनि कम्पनीले विभिन्न छुट सुविधा दिनु परेको थियो ।


प्रतिक्रिया दिनुहोस !