
निषेधाज्ञाका बीच त्रिभुवन विमानस्थलबाट १२ हजार मानिस नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ।
विभागको तथ्यांकअनुसार मे महिनाभरमा एक हजार चार सय ६८ जना विदेशी र १० हजार नौ सय ३२ जना नेपाली नागरिक गरी १२ हजार चार सय जना नेपाल भित्रिएका हुन्।
निषेधाज्ञाको बीचमा उद्धार तथा चार्टर्ड उडान हुँदा नेपाल बाहिरिनेको संख्या भने दोब्बर रहेको छ। मे महिनामा २३ हजार एक सय ३५ जना बाहिरिएका छन्।
विभागको तथ्याङ्कअनुसार अप्रिलमा एक सय ४४ देशबाट २२ हजार चार सय ५० जना विदेशी नेपाल भित्रिएका थिए।