Sunday, March 16, 2025

ट्रेन्डिङ :

ढुंगागिट्टीको निकासी खाेलेर सरकार आफ्ना ‘यार’ पोस्न कुन हदसम्म गिर्छ भन्ने छर्लंग भयो : थापा

spot_img
spot_img

कांग्रेस सांसद तथा पूर्वमन्त्री गगन थापाले गिट्टी–बालुवा निकासी खोल्ने सरकारको निर्णयको विरोध गरेका छन् ।

बुधबार सामाजिक सञ्‍जालमार्फत थापाले ‘संसद् नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा ‘नेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’कार्यक्रम घुसाएको’ बताएका हुन् । सरकारको यो कदमले आफ्नो असली असली अनुहार र घटिया सोच उजागर गरेको उनको भनाइ छ । ‘वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ प्रस्ट भएको छ,’ उनले भनेका छन् ।

आफ्ना ‘यार’ लाई पोस्नका लागि सरकारले नीतिगत भ्रष्टाचार गरेको पनि उनको आरोप छ । ‘यो ‘नीतिगत भ्रष्टाचार हो’।आफ्ना ‘यार’लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुन: छर्लङ्ग भएको छ,’ उनले भनेका छन्, ‘चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरभूमीकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक पटक रोकेको हो।यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ।’

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?