
साताको चौथो दिन आज बुधबारको कारोबारमा नेप्से सूचक दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ५५.७६ अंकले बढेर २८२७.१२ को बिन्दुमा पुगेको हो ।
आज ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३ सय ५६ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २१९ कम्पनीको २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।
आज राष्ट्रिय बीमा कम्पनी, सानीमा माई हाईड्रोपावर कम्पनी लगायत १३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको समूहगत सुचक बढेकोे छ । फाईनान्स समुहको सूचक सर्वाधिक बढि ७.९१ प्रतिशतले बढेको छ ।
आज नेपाल पूनर्बीमा कम्पनीको सबैभन्दा धेरै १३ करोड ७८ लाख र निर्धन्न उस्थान लघुवित्तको ३३ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।