८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

किमकी बहिनीलाई दोस्रो शक्तिशाली पद हस्तान्तरण गर्ने उत्तर कोरियाको तयारी



एजेन्सी : उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीले विधान परिमार्जन गरेर भर्खरै सिर्जना गरिएको किमपछिको दोस्रो शक्तिशाली पदमा किम जोंग उनकी बहिनीलाई नेतृत्व दिने तयारी गरिएको दक्षिया कोरियाको समाचार संस्था यानहाप न्यूज एजेन्सीले जनाउको छ । किम जांग उनको स्वास्थ्य समस्या आए वा अन्य केही आपतकालीन अवस्थामा किमकी बहिनीले नेतृत्व पाउने यानहापले जनाएको छ । उत्तरको सत्तारूढ पार्टीले जनवरीमा एउटा दुर्लभ निर्णय मानिने आफ्ना नियमहरू परिमार्जन गरेको छ, जसमा नेता किम पछि एक नयाँ पहिलो सचिव पदको सिर्जना गरिएको छ । 

संशोधित नियमले पहिलो सेक्रेटरी महासचिवको सहायक हो भनेर जिम्मा तोक्ने र आपतकालिन अवस्थामा, किमकी बहिनी किम यो जोंगले यो उपपद ग्रहण गर्ने तयारी रहेको बताएको छ । किम जोंग उनको छोरालाई सत्ता हस्तान्तरण नगरेसम्म उत्तराधिकारीको रूपमा अस्थायी रूपमा जिम्मा सम्हाल्ने सम्भावना रहेको दक्षिण कोरियाका पूर्व एकीकरण मंत्री ली जोंगलाई उदृत गर्दै यानहापले समाचार प्रकाशन गरेको छ । लीले भने, पहिलो सेक्रेटरीको चुनावमा गर्न आवश्यक मानिदैन । केन्द्रीय समितिको पूर्ण बैठकमा सजिलैसँग नियुक्त गर्न सक्ने उनले बताए । यसको अर्थ कुनै आपतकालिन भएमा पद छिटो छनौट गर्न सकिन्छ, उनले भने।

यो पद जो योंग वोनका लागि सो पदको स्थापना गरिएको अनुमान गरिएको थियो । उनले यो पद लिन असम्भव छ, किनकि उनी किम परिवारका सदस्य होईनन् । हामी जोको सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गर्न सक्दैनौं, तर सहायक पोष्ट उत्तराधिकारीका लागि शासन स्थायित्वको लागि बढी लक्षित भएको देखिन्छ लीले भने। जनवरीको कंग्रेसमा नेता किम पार्टीको महासचिव चुनिएका थिए ।

source : https://en.yna.co.kr/view/AEN20210602008000325?section=nk/nk


प्रतिक्रिया दिनुहोस !