Monday, March 17, 2025

ट्रेन्डिङ :

गिटी, बालुवा निर्यात गर्ने सरकारको नीति राष्ट्रघाती : उपेन्द्र यादव

spot_img
spot_img

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात वा निकासी गरी व्यापार घाटा कम गर्ने सरकारको नीति राष्ट्रघाती भएको बताएका छन् । अध्यक्ष यादवले बुधबार प्रेस विज्ञप्ति जारी गदै सरकारको यो नीति वातावरणीय हिसाबले घातकसमेत रहेको बताएका छन् । ‘यसले नकारात्मक पर्यावरणीय असर पार्नेछ जसको मूल्य तराई र मधेशमा बसोबास गर्ने जनताले चुकाउनु पर्नेछ,’यादवको विज्ञप्तीमा छ, ‘व्यापार घाटा गर्ने नाममा नाममा ढुंगा, गिटी, बालुवा निकासी गर्ने बजेटको घोषणा राष्ट्रघाती रहेको छ । यसले चुरे विनाश गर्ने र तराई(मधेशलाई मरुभूमिकरण गर्ने निश्चित छ ।’सरकारको नीतिले नवधनाढ्यदेखि व्यवसायीलाई फाइदा भएपनि यसबाट सबैभन्दा बढी प्रभाव चुरेको संवेदनशील क्षेत्रमा पर्ने र यसले तराई र मधेशमा ठूलो प्राकृतिक संकट आउने दाबी उनले गरेका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?