Saturday, March 15, 2025

ट्रेन्डिङ :

दरबार हत्याकाण्डको जवाफ एमाले र कांग्रेससँग माग्नु पर्छ : भरत दाहाल

spot_img
spot_img

दरबार हत्याकाण्ड भएको २० बर्ष पूरा भएको छ। त्यो घटनापछि देशको हालत के भयो भन्ने तथ्य हाम्रा अगाडी छ। राजा वीरेन्द्रको परिवारको हत्याका पछाडीको उद्देश्य के थियो भन्ने कुराको प्रमाण वर्तमान नेपालको स्वरुप हो। घटनाका योजनाकार, हाफ पनि यिनीहरुले दिईरहेका छैनन्। हत्यारा र त्यसका मतियारहरु अधिकांशतः अहिले पनि जिवित छन्। दलका मूख्य पात्रहरु सबैलाई यस घटनाबारे संपूर्ण कुरा थाहा छ तर कतिपय सामान्य प्रश्नहरुको जवाफ पनि दिईरहेका छैनन्। दरबार हत्याकाण्ड वर्तमान संकटको गुत्थी हो। अमेरीकाका पूर्व सुरक्षा अधिकारी मेडशनले यसमा सीआईएको हात छ भनेर लेखिसकेका छन्।

दरबारको भित्री तहसम्म पसेर जागिर खाएका विवेक शाहले यसमा रअ को हात छ भनेर लेखिसकेका छन्। यसमा सीआईए र रअ दुबैको हात छ भन्ने तथ्य उजागर भैसकेको छ। यति हुँदाहुँदै पनि त्यस घटनाको छानबिनको प्रयाससम्म भएन। त्यस घटनाका सैयौं प्रत्यक्षदर्शीहरु मारिएका छन्, प्रमाण मेटाउन रातारात त्रिभूवन सदन भत्काईएको छ।  अपराधको पर्दा खोल्नका लागि धेरै गहिराईमा जानै पर्दैन। यीनै अपराधी दलहरुसंग जोडिएको केही प्रश्नहरुको जवाफ मात्र पनि सो हत्याकाण्डको पर्दा उठाउनका लागि पर्याप्त छ तर दलहरुबाटै यी सबै कुराहरु दबाईएका छन्। दासढुंगाको हत्या दबाउँदा दरबार हत्याकाण्ड भयो। दरबार हत्याकाण्ड दबाउँदा सुशिल कोईरालाको हत्या भयो। हत्याराहरुको मूल केन्द्र एउटै हो। यो केन्द्रका मतियारहरु सबै दलमा छन्। जवाफ यिनीहरुसँगै माग्नु पर्छ।

१. दरबार हत्याकाण्डमा राष्ट्र प्रमुख मारिदा त्यसबेलाको संसदले संसदको बैठक पनि बोलाएन र शोक प्रस्ताव पनि पारित गरेन। दलाल दलहरुलाई यस्तो निर्देशन दिने शक्ति को को हुन् यसको जबाफ कांग्रेस र एमालेले दिनु पर्छ।
२. आफैले हत्याकाण्डको छानबिनको प्रस्ताव राखेर आयोगको सदस्यमा बसेका माधव नेपालले पछाडी कसको आदेशमा आयोगमा बस्न ईन्कार गरेर आफ्नो नाम फिर्ता लिए ? यसको जबाफ माधव नेपालले दिनु पर्छ।
३. तारानाथ रानाभाट संलग्न आयोगले तयार पारेको छानबिन रीपोर्ट बनिबनाउ हो। त्यो रीपोर्ट कसले लेखेर दिएको हो, यसको जबाफ त्यस आयोगमा बस्नेहरुले दिनु पर्छ।
४. हत्याकाण्डको दिनसम्म दीपेन्द्रसंग फोनमा कुरा गरेर सूचना लिईरहेकि पशुपति सम्शेरकि छोरी सो हत्याकाण्ड भएको भोलिपल्टै बिहान भागेर ईण्डियामा रहेको मावलीमा जानु र बयान दिन ईन्कार गर्नुको कारण के हो ? यसको जबाफ पशुपति सम्शेरले दिनु पर्दछ।
५. दरबार हत्याकाण्डमा राजा ञानेन्द्र शाहको हात रहेको आरोप लगाउने दलालहरु १५ बर्षदेखि सत्तामा छन्। यदी यो दाबीमा दम छ भने दलालहरुले सो हत्याकाण्डको छानबिन किन अघि बढाएनन् ?
६. रानाभाट आयोगको रीपोर्टमा राजा वीरेन्द्र छाउनी अस्पतालमा ऐय्या भनेर कराउने गरेको र पछि मरेको भन्ने उल्लेख छ। उनको उपचार कसले गर्न दिएन र उपचार नजिकैको शिक्षण अस्पतालमा नगरेर सेनाको घेराबन्दीमा छाउनी किन लगियो ?

७. दरबार हत्याकाण्डको योजनाकार मध्येको एक तात्कालिन प्रधान सेनापति प्रज्जवल सम्शेरले राजाको सुरक्षाको जिम्मा सेनाको नभएको बयान दिंदा पनि उसमाथि कार्वाही नगर्नेहरु को हुन् र उल्टै उसलाई राजदूतको पद पुरष्कार किन दिईयो ?

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?