१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

भारतमा बालबालिकामा कोरोना खोप परीक्षण सुरु



भारतले बालबालिकाहरुमा कोरोना खोपको परीक्षण सुरु गरेको छ । भारतमै बनाइएको कोभ्याक्सिन खोपको परीक्षण मंगलबारबाट थालिएको हो ।

पटनाका १२ देखि १७ वर्ष उमेर समूहका तीन जना बालबालिकालाई परीक्षणको रुपमा खोप दिइसकेको र उनीहरू स्वस्थ रहेको एम्स अस्पतालका कोभिड इन्चार्ज डा. सन्जिव कुमारले जानकारी दिएका छन् । आगामी महिना ५२५ जना बालबालिकामा खोपको परीक्षण गरिने उनले बताए ।

दोस्रो चरणमा पनि खोपको नकारात्मक असर नदेखिएमा तेस्रो चरणको खोप दिइने छ । त्यसको प्रभावकारिताको आधारमा खोप अनुमोदन गरिने छ । हालसम्म १८ वर्ष उमेरभन्दा माथिका लाई मात्र कोरोना खोप दिने गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललगायत भारतका नेताहरुले बालबालिकालाई पनि जतिसक्दो छिटो कोरोना खोप दिलाउनुपर्ने धारणा राख्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !