Wednesday, March 19, 2025

ट्रेन्डिङ :

चुरे दोहन योजना जनघाती : नेपाल

spot_img
spot_img

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले चुरे दोहन गरेर मुलुकको आधा जनसंख्यालाई भोकमरी, भूक्षय र डुबानमा पार्ने योजना जनघाती भएको टिप्पणी गरेका छन् । सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा वक्तव्यमा खाजीजन्य ढुंगा, गिट्टी र बालुवा निकासी गरी व्यापार कम गर्ने योजना समेटिएकोप्रति नेता नेपालले आफ्नो ध्यानाकर्षण भएको समेत उल्लेख गरेका छन ।

उनले बजेटमा भएको प्रावधान खुलमखुल्ला तराई मधेश क्षेत्रलाई मरुभूमि बनाउने घोषणा हो भन्ने उल्लेख गरेका छन । ‘आधाभन्दा बढी नागरिकको बसोबास रहेको तराई क्षेत्रको जीव र शिवालिक सभ्यता नै चुरे क्षेत्रमा निर्भर छ,’ नेता नेपालले भनेका छन, ‘त्यही चुरे मासेर ढुंगा, गिट्टी र बालुवा निर्यात गरी व्यापार घाटा कम गर्ने योजना गम्भीर छ ।’

नेता नेपालले आफू प्रधानमन्त्री हुँदा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम आरम्भ गरेको समेत उल्लेख गरेका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?