१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

ओली सुध्रने छाँटकाँट छैन : नेपाल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली सुध्रिने कुनै छाँटकाँट नदेखिएको बताएका छन । आफूनिकटका जनवर्गीय संगठनहरूको भेलालाई भर्चुअल रुपमा सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन ।

नेता नेपालले अब धेरै कुर्न नसकिने भन्दै नयाँ पार्टी छिट्टै घोषणा हुने पनि बताए । नयाँ पार्टीमा समाहित हुन कसैलाई दबाब नदिने पनि उनले बताएका छन् । ‘पार्टीमा आउने आउँछन,’ उनले भने ।

अब ओलीको छलछाममा धेरै नअल्झने पनि बताएका छन । ‘अहिले अदालतमा मुद्दा विचाराधीन छ । संसद् पुनर्स्थापनाको सम्भावना छ । यसले पनि ओलीले अल्झाउन खोजेका हुनसक्छन्,’ नेता नेपालले भने ।

नेता नेपालले जेठ २ मा फर्कने हो भने त्यसको इमान्दारिताका साथ कार्यान्वयनको विश्वास दिलाउनुपर्ने बताए । ओली एक व्यक्ति, एक पदका लागि पनि सहमत हुनुपर्ने वरिष्ठ नेता नेपालले बताए ।


प्रतिक्रिया दिनुहोस !