१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

जुन देशमा जे छ त्यही त बेच्ने हो : सुर्य थापा



काठमाडौं- प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चुरे दोहनको सरकारी नीतिको बचाउ गरेका छन् । उनले जुन देशमा जे छ, त्यही निर्यात गर्ने हो भन्दै सरकारी नीतिको बचाउ गरेका हुन् । सरकारले बजेटमै चुरे दोहनको कार्यक्रम राखेपछि यतिबेला चौतर्फी आलोचना भइरहेको छ ।

तर सरकारले वातावरणीय प्रभाव मूल्यांकनका आधारमा चुरे क्षेत्रबाट खानीजन्य ढुंगा, गिटी र बालुवा निर्यात गरी व्यापार घाटा कम गर्ने नीति लिएको जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले आज एक ट्वीटमार्फत चुरे संरक्षणका लागि सरकारले ल्याएको कार्यक्रमलाई चुरेको दोहन र तराईको मरुभूमिकरण हुने भनी प्रचार गर्नु नियोजित भएको दावी गरे ।

‘चुरे क्षेत्रको संरक्षण गर्न ल्याइएको कार्यक्रमलाई चुरेको दोहन र तराईको मरूभूमिकरण हुने भनी प्रचार गर्नेहरूको रवैया नियोजित छ,’ उनले भने, ‘इन्धन भएका देशले डिजेल,पेट्रोल बेचिरहेका छन्, पानी,ढुंगा र फलाम भएका देशबाट तिनै चिज निर्यात गर्न सकिन्छ।पहाडी क्षेत्रमा यो संभव छ र गर्नु नै पर्छ।’


प्रतिक्रिया दिनुहोस !