७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

मंगलबारदेखि राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र, ब्याज साढे ८ प्रतिशत, अवधि ६ वर्षको



राष्ट्रिय वाणिज्य बैंकले मंगलबारदेखि आरबीबी डिवेन्चर ल्याउने भएको छ। बैंकले ६ वर्ष अवधि भएको वार्षिक साढे ८ प्रतिशत ब्याज दिने ऋणपत्र ल्याउन लागेको हो।

अढाई अर्ब रुपैयाँ मुल्य बराबरको ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गर्ने बैंकले जनाएको छ। बैंकका अनुसार प्रतिकित्ता हजार रुपैयाँ दरका कुल २५ लाख कित्ता बिक्री गरिनेछ।

यो ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई बिक्री गरिने बैंकले जनाएको छ। ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल छ। ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारण नेपालीकालागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म बिक्रीमा रहने यो ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ। मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !