८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

मुखमत्रै छापियो सरकारको चर्को आलोचना गरेको लेख



काठमाडौं । गोरखापत्र सरकारी गुनगान गाउने पत्रिका हो । तर, आज अचम्मै पार्नेगरी गोरखापत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्ने लेख प्रकाशन भएका छन् ।

सरकारी कर्मचारीका एउटा शाखा अधिकृतको समेत ज्यूहजुरी गर्ने गोरखापत्रले प्रधानमन्त्रीलाई नै ‘तानाशाही’ भनेर लेखिएको लेख प्रकाशन गरेका छन् । लेखकको परिचयमा एमालेकै नेता प्रदीप नेपाल भनेर उल्लेख गरेर प्रकाशन गरेको लेखमा शीर्षक भने ‘बजेटको सन्तुलित व्याख्या’ लेखिएको छ ।

बजेटबारे थोरै लेखिएको यो लेखमा अरुबेला जस्तो ‘यो लेखकको निजी विचार हो’ भनेर लेखको पुच्छारमा स्पष्टीकरण पनि लेखिएको छैन ।

लेखमा प्रदीप नेपालले लेखेका छन्, ‘कम्युनिस्ट पार्टीमा उहाँ (ओली) साँच्चिकै तानाशाह हो ।’ गोरखापत्रले लेखको हाइलाइटको रुपमा पनि कम्युनिस्टको आलोचनाकै पंक्ति छानेको छ । नेपाल लेख्छन्, ‘अध्यक्ष ओली जनकार्य गरेर आउनुभएको होइन । उहाँ मार्क्सवादी पनि हुन सक्नु हुन्‍न जति कोसिस गरे पनि उहाँबाट मार्क्सवादी हुने अपेक्षा नगरे हुन्छ । उहाँ स्टालिनवादी हुनुहुन्छ ।’

प्रधानमन्त्री ओलीलाई ‘साँच्चिकै तानाशाह’ भनेका नेपालले लेखेका छन, ‘अहिले दलाल पुँजीवादको नियन्त्रण छ, राज्यसत्तामा । कमिसन, ठेक्कापट्टा यस्ता काममा स्वयं नेता अथवा नेताका आफन्त लागेका छन् । कालोसूचीमा परेको ठेकेदारको घरमा स्वयं नेकपा (माके) का अध्यक्ष पुष्पकमल दाहाल बस्‍नुहुन्छ ।’

यो समाचार प्रकाशनसँगै गोरखापत्रको सम्पादकीय टीममाथि गम्भीर प्रश्न खडा भएका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय