Sunday, March 16, 2025

ट्रेन्डिङ :

४० दिन मेलम्चीको पानी वितरण बन्द हुँदै

spot_img
spot_img

काठमाडौं-  गत चैत १५ बाट काठमाडौं उपत्यकाबासीका धारामा आउन थालेको मेलम्चीको पानी फेरि ४० दिन रोकिने भएको छ । मेलम्चीको पानी असार १ गतेबाट बन्द गरेर सुरुङमार्गको निरीक्षण गर्ने तयारी गरिएको आयोजनाले जानकारी दिएको छ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार असार १ देखि पानी भर्न बन्द गरेपनि १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्छ । त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर अवस्थाको अध्ययन गर्नेछन् । समस्या देखिए त्यसको मर्मत सम्भार पनि गर्नेछन् ।

यो काम काठमाडौंमा खानेपानी वितरण सुरु गर्नुअघि नै गर्नुपर्ने थियो । तर, उद्घाटनको हतारोका कारण पछि सारेर सुरुङ परीक्षणविनै सञ्चालन गरिएको थियो । ‘सुरुङमा कुनै समस्या नदेखिएमा १५ दिनमा भित्रको सुपरीवेक्षणको काम सकिन्छ,’ प्रवक्ता पन्तले भने,’त्यसपछि सुरुङमा पानी भर्न १५ दिन लाग्छ, समस्या देखिएमा भने भित्र सुधारको काम गर्न थप समय पनि लाग्न सक्छ ।’

मेलम्ची खानेपानी विकास समितिले असारबाट पानी बन्द गरेर सुरुङमार्गको निरीक्षण गर्ने योजना बनाएको आयोजनाको भनाई छ । आयोजनाका अनुसार यो नियमित प्राविधिक काम हो। सुरुङमार्गका संरचनाहरु के छन् भनेर हेर्नुपर्छ। यसले निर्माणको कम्पनीको कामको गुणस्तर पनि थाहा हुने छ । हाल यसका लागी खानेपानी मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग स्वीकृति मागिएको छ ।

यसका लागि सरकारले आयोजनालाई स्वीकृति भने दिइसकेको छैन। स्वीकृत भए मेलम्चीको पानी वितरण करिब ४० दिन बन्द हुनेछ।  पानी बन्द गरेर सुरुङमार्ग खाली गरिनेछ। सुरुङमार्ग खाली गर्न करिब १५ दिन लाग्ने अनुमान छ। त्यसपछि एक साता सुरुङमार्गको परामर्शदाता कम्पनी,निर्माण कम्पनीका प्राविधिक र मेलम्ची खानेपानी विकास समितिको सयुक्त टोलीले निरीक्षण गर्नेछ।

सबै संरचना ठिक देखिए पुन: पानी हालिनेछ। कुनै समस्या देखिए मर्मत गरेर मात्रै पानी हालिनेछ। सुरुङमार्गमा पानी भर्न पुनः १५ दिन लाग्ने छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?