१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

जनमोर्चा सांसद् कृष्ण थापा पदबाट निष्कासित



कास्की । राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सांसद् कृष्ण थापालाई पार्टीले सांसद् पदबाट हटाएको छ । बिहीबार बसेको जनमोर्चाको केन्द्रीय बैठकले थापालाई सांसद् पदबाट निष्कासन गरेको हो । सांसद्‍‍बाट हटाइएको जानकारी प्रदेशसभा सचिवालयलाई दिइएको छ ।

प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्ट र प्रदेशसभा अन्तर्गत राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले उनलाई सांसद् पदबाट हटाएको पत्र सचिवालयमा बुझाएको बताए । पोखरेलका अनुसार उक्त निवेदन दिउँसो १२ः२५ बजे सचिवालयमा दर्ता भएको छ ।

यसअघि थापालाई पार्टीले कारबाही गर्दै आजीवन केन्द्रीय सदस्य हुन नपाउने र एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गर्दै दलको नेताबाट हटाएको थियो । थापा बागलुङ १ को‘क’बाट प्रत्यक्ष निर्वाचित सांसद् हुन् ।


प्रतिक्रिया दिनुहोस !