Tuesday, May 20, 2025

ट्रेन्डिङ :

५ अर्बभन्दा बढी लागतका आयोजना कार्यान्वयन गर्न छुट्टै संयन्त्र बनाउँदै सरकार

spot_img
spot_img

सरकारले ५ अर्ब रुपैयाँभन्दा बढी लागतका आयोजनाको कार्यान्वयनका लागि छुट्टै संयन्त्र बनाउने तयारी गरेको छ ।

अर्थसचिव शिशिर कुमार ढुंगानाले ५ अर्ब रुपैयाँभन्दा बढी लागतका आयोजनाको कार्यान्वयन गर्नका लागि छुट्टै खालको नीति र प्रशासनिक संरचना बनाउन लागिएको बताए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र उद्योग संगठन मोरङले संयुक्त रुपमा बिहीबार भर्चुअल रुपमा आयोजना गरेको ‘आगामी आर्थिक वर्षको बजेट र कार्यान्वयनका लागि निजी क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा अर्थसचिव ढुंगानाले यस्तो बताएका हुन् ।

‘राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र रणनीतिक आयोजनाहरुसमेत गरी ५ अर्ब रुपैयाँभन्दा बढी लागतका आयोजनाका लागि छुट्टै मेकानिजम बनाउने तयारी भइरहेको छ,’ ढुंगानाले भने, ‘हामीले ठूला आयोजना कार्यान्वयनका लागि नीतिगत सुधार र परिवर्तन गर्न खोजेका छौं । त्यसकारण यो संयन्त्र चाँडै नै कार्यान्वयनमा आउँछ ।’

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?