१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

ओलीले टेर पुच्छर नलगाएपछि भुसाल र पाण्डेले केन्द्रीय समितिमा दिए स्पष्टीकण



काठमाडौं । खनाल–नेपाल समूहले आयोजना गरेको भर्चुअल भेलामा एमाले नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले पार्टी एकताका लागि इमान्दार प्रयत्न गरेको भन्दै ‘शंका’को दृष्टिले नहेर्न, नलिन आग्रह गरेका छन् । खनाल अहिले पनि नेपाल समूहको केन्द्रीय सदस्यहरूको भर्चुअल भेला जारी छ । भेलामा नेताद्वय भुसाल र पाण्डेले एकता–प्रयासबारे विभिन्न टिप्पणी भइरहेको भन्दै त्यसको प्रष्टीकरण दिएको एक नेताले जानकारी दिए ।

“हामीले कम्युनिस्ट आन्दोलनको रक्षा हुन्छ । पार्टी एकता जोगिन्छ भनेर वार्ता गरेका हौँ । यो प्रयास केवल देखाउनका लागि नभएर हाम्रोतर्फबाट इमान्दार प्रयास पनि हो,” नेताद्वय भुसाल र पाण्डेका आशय उद्धृत गर्दै एक नेताले भने, “हामीले माधव कमरेडसँग छलफल गरेर नै, सबैकुरा जानकारी गराएर नै गरेका हौँ । एकता बच्छ भने पहल किन नगर्ने त भन्ने हाम्रो प्रश्न हो ।”

त्यस्तै बैठकमा भीम रावलले भने ओली पक्षसँग संवाद, छलफलको वातावरण नभएको बताएका थिए । उनले ओली पक्षले एकातिर कारबाही गर्ने, स्पष्टीकरण सोध्ने अलि छलफल पनि गर्ने विरोधाभास कार्य गरिरहेको उनको भनाइ थियो । ओली पक्षले वार्ता गर्नै चाहेको हो भने पहिला वातावरण बनाउनु पर्ने उनको जोड थियो । भर्चुअल भेलामा अहिले केन्द्रीय सदस्यहरू बोलिरहेका छन्


प्रतिक्रिया दिनुहोस !