७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

तीन वर्षदेखि मृगौलाको उपचार गराईरहेका धामीको आर्थिक सहयोग गरिदिन अनुरोध



दार्चुला : विगत ३ बर्षदेखि दुबै मृगौलामा समस्या भएर सेती प्रादेशीक अस्पताल उपचार गराईरहेका दार्चुला नौगाड गाउँपालिका धुलिगाडाका अर्जुन सिंह धामीको पैसाको अभावले औषधि किन्न पनि नसक्ने अवस्था आएकाले आर्थिक सहयोग गरिदिन उनको परिवारले आग्रह गरेको छ । उनको घरको आर्थिक अवस्था नाजुक रहेको छ । विगत तीन बर्षदेखि लगातार उपचार गराउँदा पनि धामी अझै स्वस्थ्य भईसकेका छैनन् । दुबै मृगौलामा समस्या आएपछि विगत तीन बर्षदेखि उहाँको उपचार गरिरहेका छौँ । अहिलेसम्म ॠण पान गरेर उपचार गरेका थियौँ । अब त ॠण पाउने ठाउँ नै छैन । मेरो श्रीमान सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार गराई रहनु भएको छ । अब त औषधिक किन्न पनि सक्ने अवस्था छैन झन् उपचारको त के कुरा मृगौला पीडित अर्जुन धामीकी श्रीमतीले भनिन् ।

घरमा भएको जति पैसा तीन बर्षसम्म उपचार गर्दा गर्दै सकियो । आर्थिक अवस्थाले धान्न नसक्ने स्थिति भएपछि गाउँका केही युवाहरुले आफ्नै पहलमा आर्थिक संकलन गरिरहेका छन् । उहाँको जीवन बचाई दिन सबैमा अनुरोध गर्दछु उनकी श्रीमती विमला धामीले भनिन् । अहिले गाउँका वीर सिह ठगुन्ना (विराट एकल यात्री), पुष्कर सिह धामी, गगन सिह धामी, सुरेन्द्र सिह ठगुन्ना, त्यस्तै चन्द्रावती ठगुन्ना, प्रीन्स देव राज, कुन्दन सिह धामीलगायतको सल्लाह बमोजिम अर्जुन धामीको जीवन रक्षाका लागि आर्थिक संकलन अभियान थालिएको सबै जनाले सक्दो सहयोग गर्न अपिल गरिएको छ ।

लामो समयदेखि सेती प्रादेशिक अस्पतालमा उपचार गराईरहेका अर्जुनको स सानो रकम भएपनि आर्थिक संकलन गरेर दैनिक औषधि किन्न सहयोग पुग्ने युवाहरु बताउँछन् । सहयोगका लागि उनकी धर्म पत्नि विमलालाई 9864799947 सम्पर्क गर्न सकिने छ । मृगौला पीडित अर्जुन धामीको ग्लोबल आईएमई बैठक खाता नम्बर K107010005592..Global ime bank Darchula. Bimala dhami.ac number B 502018768752401 nic asia bank Darchula branch .. ph.number 9864799947 मा पनि आर्थिक सहयोग जम्मा गर्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस !