Thursday, May 1, 2025

ट्रेन्डिङ :

माधव नेपाल र भीम रावललगायतका नेताहरुलाई छाडेर एकता गर्ने पक्षमा ओली

spot_img
spot_img

काठमाडौं । झलनाथ खनाल र माधव पक्षीय केन्द्रीय सदस्यहरूको आजको भर्चुअल बैठकमा पार्टी विभाजन गरेर नयाँ दल दर्ता गर्नुपर्ने सुझावहरू आएका छन् । अध्यक्ष केपी शर्मा ओलीको अपहेलना र प्रतिगमनलाई परास्त गर्न नयाँ पार्टी घोषणामा केन्द्रीय सदस्यहरूले जोड दिएको बैठकमा सहभागी नेताहरुबताउँछन् । पार्टीभित्र अन्तरसंघर्ष गर्नुपर्ने र दुई–चार दिन समय लिएर अध्यक्ष केपी ओली पक्षसँग संवाद गर्नुपर्ने सुझाव पनि केन्द्रीय सदस्यहरूले दिएका छन् ।

यसअघि बिहीबार नै खनाल–नेपाल समूहनिकट १७ वटा भातृ संगठनहरूले नयाँ पार्टी घोषणा गर्नुपर्ने माग गरेका छन् । पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने र नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने उनीहरुको माग छ । यता ओली समूहले भने माधव नेपाल, भीम रावल लगायतका नेताहरू बाहेकमात्र पार्टी एकता सम्भव हुने बताएको छ । ओलीनिकट नेता कर्ण थापाले पार्टी विभाजन गरेर जानेलाई अब रोक्न नसकिने प्रतिक्रिया दिएका छन् । पार्टी एकता अन्तिम समयसम्म कायम राख्न ओलीले पहल गरे पनि केही अराजक नेताहरू समावेश भएर अब एकता सम्भव नभएको थापाको तर्क छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?