१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

चीनको कठोर संघर्षका सय वर्ष : गृहयुद्ध, अमेरिका-रुसको आणविक धम्की हुँदै महाशक्तिसम्मको यात्रा



चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले स्थापना भएको १०० औं वार्षिकोत्सव मनाउँदै छ । एक शताब्दीमा चुनौति र सफलताहरू के के थिए ? यो विशाल देशको शासन चीन र विश्वका लागि आर्थिक चमत्कार सिर्जना गर्ने प्रभावकारी आर्थिक नीतिहरू कार्यान्वयनमा सफलताको लागि पर्दापछाडीका के कारण थिए । वर्तमान श्रृंखलालाई दुई भागमा विभाजित गरिनेछ । सीपीसीले कसरी आँधीबेहरीको सामना गर्यो र संकटमाथि विजय हासिल गर्न दृढ नेतृत्वले कसरी सीपीसीको सफलताको लागि महत्वपूर्ण भूमिका खेले भन्ने बिषय महत्वपूर्ण छ । सीपीसीले १९८० को दशकमा सामना गरेको गम्भीर आन्तरिक र बाह्य चुनौतीका बारेमा जान्न आवश्यक छ ।

एक अर्ब ४० करोड चिनियाँ जनता जुलाई १ मा पार्टीको स्थापना भएको १०० औं वार्षिकोत्सवको अवसरमा भव्य समारोहको लागि तयारी गर्दै छन् । १०० बर्ष भन्दा बढीको इतिहास भएको राजनीतिक दलहरू विरलै पाउँदैनन्, तर लगभग कसैले पनि सीपीसीले गरेका उपलब्धीहरू प्राप्त गर्न पनि सक्दैनन्। महत्वपूर्ण परीक्षण र संकटको श्रृखलामा सीपीसीले बलियो र अझ बढी आत्मविश्वासका साथ अगाडी बढ्ने गरेको छ । सीपीसीले विभाजित र गरिबीले ग्रस्त देशलाई आफ्नो अन्धकारमय क्षणबाट एक विश्व अग्रणी शक्तितर्फ डोर्याईरहेको छ । आज एक महान राष्ट्रिय पुनर्संरचनाको लागि अग्रसर छ।

चीनका राष्टपिता माओ त्सेतुंग ।

विगत १०० बर्षमा, सीपीसीले आफ्नो शताब्दीको यात्रामा धेरै अँध्यारा र तीता अनुभव भोगेको छ । जसमा सन् १९२० को दशकमा कुमिन्तांगको सीपीसी सदस्यहरूको नरसंहार, १९६० देखि १९७० को दशकमा सांस्कृतिक क्रान्तिमा भएको आघात र १९८० को अन्तिममा पश्चिमी विचारधाराको प्रभावले गर्दा भएको दुखद घटनाहरु । त्यस्ता चुनौतिहरूलाई पार गर्न, केही पूर्व समाजवादी देशहरूमा भइरहेको पतन र असफलता रोक्नको लागि पार्टीलाई के महत्वपूर्ण छ भन्ने कुरा पत्ता लगाउन कोशिस गर्दैछन र जसलाई चिनियाँ अनुभवले महत्वपूर्ण सहयोग गरेको छ । पश्चिमाहरुको वर्चश्वका बीच सीपीसीले चीनलाई एक शक्तिशाली, सफल र विश्वासिलो देश बनाउन सफल भयो । सन् १९४९ मा जनगणतन्त्र चीनको स्थापना हुनुभन्दा अघि, क्रान्तिको युग पनि कहिल्यैो अगाडि सीपीसीले १९२७ को अप्रिल १२ मा शंघाई नरसंहार जसता संकटको सामना गरेको छ । जब कोमिन्ताङको शासनले हजारौं सीपीसी सदस्यहरूको नरसंहार गर्यो । सन् १९३३ मा कोमिन्ताङको दमनविरुद्धको अभियानको असफलता पनि सीपीसीका लागि सबैभन्दा अन्धकार घडी थियो । जसमा सीपीसीले आफ्नो आधा भन्दा बढी शक्ति गुमायो । पार्टी लगभग ध्वस्त पारियो ।

१९३५ को जुन्नी सम्मेलन अगाडि जसले माओ त्सेतुगको नेतृत्वमा क्रान्तिकारी सेनाको सैन्य नेतृत्व बन्यो । पार्टीसँग बलियो नेतृत्वको केन्द्र थिएन, र क्रान्तिले अवरोध र विपत्तिहरू भोग्नु पर्यो । जुंजयी सम्मेलनले सीपीसीको लागी एक परिवर्तन ल्यायो । यसबाट साबित भयो कि पार्टीको नेतृत्व बलियो छ र विजय सुनिश्चित गर्न र असफलता रोक्न आवश्यक छ।त्यसबेला पार्टीका केही सम्भ्रान्तहरूले पार्टीको इच्छा र चिनियाँ जनताको विरुद्ध सम्झौता गरेका थिए। उनीहरू अन्धा भएर अन्य देशका अनुभव र विचारहरुमा धेरै आशा राखे, र चीनको अनौठो राष्ट्रिय अवस्थाहरुको आधारमा स्वविकसित विचारहरु बिना विदेश सल्लाहकारहरुमा ठूलो भरोसा राखे र निर्णय लिने बोर्ड एकजुट भएन र नेताहरूले क्रान्तिको मार्गमा सहमति जनाएनन् र चीनको राष्ट्रिय अवस्था बारे गलत निर्णय गर्न पुगेका थिए। यी समस्याहरू १९४९ पछि पनि समय समयमा देखा परे । शीतयुद्धको बखत र पछाडि पनि यस्ता समस्या देखा परे जसले देश र पार्टीलाई केही चरम कठिनाइ र जोखिम पनि पुर्या यो ।

साँस्कृतिक क्रान्तिमा सहभागी चिनियाँहरु र मञ्चमा कला देखाउँदै कलाकार युवती ।

सीपीसीले कसरी यी घोर अन्धकार घडी पार गर्यो र चरम चुनौतीहरूलाई पार गर्यो भन्ने सीपीसीको निर्णय बुझ्न नसक्ने र चीन र सीपीसीसँगको व्यवहार गर्ने राम्रो तरिका सिक्न चीनको विकासको व्याख्या गर्न नसकेका केही पश्चिमी नागरिकलाई शिक्षा हुन सक्दछ । ग्लोबल टाइम्सले गरेको पार्टीको इतिहास र चिनियाँ राजनीतिमा विज्ञहरुका अनुसार, सीपीसीले जहिले पनि ती संकटहरूलाई पन्छाउन सक्ने र मार्गको सही दिशा पाउन सक्ने एउटा मुख्य कारण छ । त्यो भनेको बलियो र दृढ नेतृत्वको कोर टिम हो । जसले दुश्मनहरू विरुद्ध विजयहरू र आत्मसुधार महसुस गर्दै अगाडी बढ्ने गर्दछ । १९४९ पछि सीपीसीको पहिलो प्रमुख जीवन र मृत्युको क्षणमा १९६६ देखि १९७६ बीचको सांस्कृतिक क्रान्तिले पार्टी, चीन र जनतालाई पीआरसीको स्थापना भएदेखि नै सबैभन्दा गम्भीर हानी र नोक्सानी भोग्नुपरेको थियो। सीपीसीको केन्द्रीय कमिटीको पार्टी स्कूलका प्राध्यापक लुओ पिंगन बताउँछन् ।

stalin

आन्तरिक अराजकता र कठिनाइहरूको अलावा चीनले सोभियत संघ र अमेरिका दुबैबाट गम्भीर बाह्य खतराहरूको सामना गरिरहेको थियो। पेन्टागनका कागजपत्रहरुका अनुसार सन् १९५८ मा दोस्रो ताइवान स्ट्रेट संकटको बीचमा अमेरिकले औद्योगिक क्षेत्रहरु नष्ट गर्न मात्र नभई चिनियाँ जनसंख्या समाप्त गर्नका लागि चीनको प्रायः सबै ठूला शहरहरू विरूद्ध आणविक हमलाको योजना बनाएको थियो । सोही समयमा सन् १९६९ मा सीमा क्षेत्रमा चीन र सोभियत संघ बीचको बीचमा सैन्य तनाव बढ्यो । सैन्य संघर्ष पछि सोभियत संघले पनि आणविक हमलाको योजना बनायो। ऐतिहासिक सन्दर्भ अनुसार राजधानी बेइजिंग सहित चीनका प्रमुख सैन्य अड्डाहरु र शहरहरुमा न्युकिलियर आक्रामणको तयारी गरिएको थियो । अमेरिका र सोभियत संघ दुबै देशहरूबीचको तनावका कारण सेनालाई मात्र धम्की दिइएन, दुबै महाशक्तिको प्रतिबन्ध र दबाबका कारण चीनको विकासले ठूलो कठिनाइको सामना गर्नुपर्यो। यस्तो गाह्रो अवस्थामा चीनको सुरक्षा र स्वायत्तता सुनिश्चित गर्न माओ र सीपीसी नेताहरूको पहिलो पुस्ता अमेरिका र सोभियत संघसँग सम्झौता गर्दा गाह्रो भएको थियो ।

चीनलाई आणविक हमलाको चेतावनी दिएको बेलाका तत्कालीन रुसी नेता निकिता ख्रुश्चेव ।

सन् १९६० को दशकमा चीनले आफ्नै आणविक हतियार र ब्यालिस्टिक मिसाइलहरू विकास गर्न सफल भयो । साथै लचिलो निर्णय र कूटनीतिक प्रयासहरू र सोभियत संघ र अमेरिका बीचको संघर्षलाई उपयोग गरेर बीच दुई महाशक्तिहरु संग आणविक युद्ध रोक्न चीन सफल भयो । त्यस्तै माओले प्रस्ताव गरेको तीन थ्री वर्ल्ड थ्योरी प्रासंगिक साबित भयो। सीपीसी र चिनियाँ नेताको केन्द्रका रूपमा माओले अमेरिका र सोभियत संघ बीचको द्वन्द्वलाई तेस्रो संसारमा चीनको प्रभाव र लोकप्रियता विस्तार गर्न बुद्धिमानीपूर्वक प्रयोग गरे। कूटनीतिक, राजनैतिक र सैन्य प्रयासका क्रममा चीनलाई १९७१ मा संयुक्त राष्ट्रका लागि वैध प्रतिनिधिको रुपमा मान्यता दिइयो र उनले १९७२ मा चीन अमेरिका सम्बन्धलाई सामान्य बनाउने लक्ष्य पनि प्राप्त भयो । त्यसकारण सीपीसीले संकटलाई पनि अवसरमा परिणत गर्दछ भन्ने प्रमाणित भयो ।

चीनमाथि आणविक हमला गर्ने यारी गरेको बेला तत्कालीन अमेरिक राष्टपति ल्याण्डन बी जोनसन ।

महाशक्तिहरूसँगको युद्धको खतराबाट बच्ने क्रममा चीनको अन्तर्राष्ट्रिय प्रभाव बढ्दै गइरहेको थियो र रणनीतिक आणविक शक्तिको क्षेत्रमा पनि चीनले महत्त्वपूर्ण लक्ष्यहरू हासिल गर्यो तर सांस्कृतिक क्रान्तिको आन्तरिक समस्या बाँकी नै थियो । सन् १९७६ मा ग्यांग अफ फोरलाई परास्त गरेर पार्टी र देशको संकटलाई पार लगायो तर सांस्कृतिक क्रान्तिले छोडेको राजनीतिक, वैचारिक, संगठनात्मक र आर्थिक अराजकता अझै डरलाग्दो थियो र यो सजिलो थिएन। १९७८ मा पार्टीले सत्य परीक्षणको लागि अभ्यास नै एकमात्र मापदण्ड हो भन्ने बारेमा छलफलको नेतृत्व गरियो जसको देशलाई अराजकताबाट बाहिर निकाल्ने ठूलो महत्त्वको थियो। ११ औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले मौलिक रूपमा वामपन्थी झुकाव सिद्धान्तहरूको समस्याहरूको बंधन तोड्यो, पार्टीको मार्गनिर्देशन विचारधारालाई सच्यायो, मार्क्सवादी वैचारिक, राजनैतिक र संगठनात्मक लाइनलाई पुनः स्थापित गर्योि । यो इतिहासमा सुदूर महत्त्वको साथ एक उत्कृष्ट मोड़ थियो। पार्टीले ठूला ऐतिहासिक गल्तीहरूलाई लगनपूर्वक सुधार गर्यो । अन्यायपूर्ण र गल्ती कार्यहरू सुधार गर्न विभिन्न उपायहरू अपनायो र एकता सुदृढीकरण गर्नका लागि विभिन्न नीतिहरू कार्यान्वयन गरे र सबै सकारात्मक तत्त्वहरूलाई परिचालन गर्यो ।

nuclear bomb

चिनियाँ कम्निस्ट पार्टीको केन्द्रमा माओसहितका पहिलो पुस्ताका नेताहरू र देंग सियाओपिंगको दोस्रो पुस्ताबीचको संक्रमणकालमा नेकपाले पूर्व सोभियत संघ नेता जोसेफ स्टालिनको मृत्युपछि उदाएका निकिता खु्रचेभले सोभियत संघमा स्टालीनको योगदानको अबमुल्यन गरे । तर ख्रुश्चेभको मृत्यु पछि सोभियत संघमा भएको आन्तरिक अशान्तिलाई रोकेको छ । नेतृत्वको दोस्रो पुस्ताले पहिलो पुस्ताका उपलब्धिहरू विरासतमा लिएर आफ्नो त्रुटिहरू सच्याउनु पर्दछ । कुनै परिवर्तन नगरी, वा सबै बदल्नुको सट्टा, मुख्य कारण के हो भनेर सच्याउँदै गएकाले सीपीसी चीनलाई अग्रमोर्चामा अगाडी बढायो तर कम्युनिष्ट पार्टीको सोभियत संघ ध्वस्त भयो ।

आधिुनिक चीनका निर्माता देंग सियाओ पेंग ।

११ औं सीपीसी केन्द्रीय समितिको ६ औं पेलेनरीले १९८१ मा पार्टी स्थापना देखिका समस्याको समाधान गर्यो । जसले मौलिक रुपमा सांस्कृतिक क्रान्ति र यसको प्रासंगिक आदर्शलाई अस्वीकार गर्योर, तर प्रस्तावले माओ र माओत्सेतुंगको विचारलाई अस्वीकार नगर्ने, सीपीसीका लागि माओका मार्गनिर्देशक भूमिका रहेको पुष्टि गरे। चीन भित्र र बाहिरका परिवर्तनहरूसँगै, सीपीसी नेतृत्वको दोस्रो पुस्ता देंग सियाओपंगको राजनीतिक हिम्मत र दूरदर्शितालाई महत्वपूर्ण मान्ने गरिन्छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको अग्रेजी मुखपत्र ग्लोबल टाईम्समा प्रकाशित सामग्रीलाई पत्रकार तथा लेखक करनसिंह बडालले नेपालीमा अनुवाद गरेका हुन् ।

 

 

 


प्रतिक्रिया दिनुहोस !