७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

आजबाट नागरिकता बोकेर गए ११२० मा ग्याँस सिलिण्डर पाईने



काठमाडौं । सरकारले छुट गरेको २० प्रतिशत मूल्यमा आजदेखि ग्याँससहितका खाद्य सामान पाइने भएको छ । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनले आजदेखि २० प्रतिशत छुट मूल्यमा ग्याँस, चिनी, पिठो, तेल, नुनसहितका खाद्य सामग्री सर्वसाधारणलाई बिक्री वितरण गर्न लागेको हो । तर, सामानमा छुट पाउन नागरिकता बोकेर जानुपर्नेछ । प्रतिलिपीमा घरमा सदस्यको नाम र संख्या उल्लेख गरेर बुझाउनुपर्नेछ । छुट पश्चात ग्यास प्रतिसिलिण्डर ११२०, चिनी प्रतिकेजी ६३ रुपैयाँ २० पैसा, पिठो ४४ रुपैयाँ प्रतिकेजी, नुन १६ रुपैयाँ र भटमासको तेल १८८ रुपैयाँमा पाइने छ । चिनी, पिठो र नुन प्रति परिवारले २ केजीमात्र पाउनेछन् । अहिले बजार भाउको यो २० प्रतिशत छुट रकम हो । निषेधाज्ञा अवविभर काठमाडौं उपत्यकामा दिइने यस्तो छुट ग्यासमा एसटिसी सिलिण्डरमा मात्र पाइने छ । कर्पोरेसनका बिक्री कक्षबाट छुटमा यसरी सामान किन्न पाइनेछ ।


प्रतिक्रिया दिनुहोस !