७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

‘विकासका लागि सञ्चार’ हैन अब ‘समृद्धिका लागि सञ्चार’ : मन्त्रि गुरुङ



काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नीति कार्यक्रम तथा बजेटको बारेमा सञ्चार मन्त्री पार्वत गुरुङले नयाँ ढंगबाट रुपान्तरण गर्न खोजेको छ । उनले समयअनुसार परिवर्तन गर्न पुराना कार्यक्रमहरुलाई समेत परिवर्तन गर्न चाहेको बताए ।

मन्त्रिपरिषदका निर्णयहरुको बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ तरिकाले नीति तथा कार्यक्रमहरु ल्याएको दाबी गरे । उनले आफ्नो मन्त्रालयले पहिलो पटक यसरी नीति तथा कार्यक्रमहरु ल्याएको बताए ।

सरोकारबालाहरुसँग सुझाब लिने र आगामी कार्यक्रमको बारेमा छलफल गरेको भन्दै उनले सबै क्षेत्रसँग अन्तरक्रिया गरेको बताए । समृद्धिको लागि सञ्चारको अभियान अगाडि सारिएको भन्दै मन्त्रालयअन्तरगतको बजेटमा सबैले स्वागत गरेको उनको दाबी थियो ।

कोभिड १९ को प्रभावले धरासायी भएको बेला यो बजेट सञ्चार क्षेत्रको लागि माइलस्टोन समेत भएको बताए ।

सबै रेडियो नेपाल, गोरखापत्रलगायत सबै निकायहरुलाई गाभेर समृद्ध नेपाल सुखी नेपालीको दृष्टिकोणबाट सञ्चार क्षेत्रमा ‘समृद्धिको लागि सञ्चार भन्ने स्लोगन परिवर्तन भएको बताए । उनले यसअघिको ‘विकासका लागि सञ्चार’ भन्ने नारालाई परिवर्तन गरिएको जानकारी दिए ।

‘आजैका दिनदेखि हामीले ऐतिहासीक निर्णय गरेका छौं । अब नेपाल टेलिभिजन रेडियो नेपाल लगायतका सरकारी सञ्चारमाध्यमहरुले आजैदेखि ‘समृद्धिको लागि सञ्चार’ भन्ने स्लोगन अनुसार काम गर्नेछन् ।’ उनले भने ।

मन्त्री गुरुङले आमसञ्चार प्रतिष्ठानको लागि गठन आदेश नै भईसकेको भन्दै त्यसलाई कार्यान्वयन गर्न सचिवको नेतृत्वमा ५ सदस्यिय कार्यदल समेत बनेको बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय