spot_img
Tuesday, July 27, 2021
spot_img

ट्रेन्डिङ :

राष्ट्रिय जनमोर्चाका पदमुक्त सांसद थापाले दिए सर्वोच्चमा रिट

spot_img

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफ्नो सांसद पद कायम राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उनले आफूले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको भन्दै विना आधार पार्टीले कारबाही गरेको भनी सांसद पद कायम राख्न माग गर्दै रिट दिएका हुन् । उक्त रिट शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएको छ । राष्ट्रिय जनमोर्चाले थापालाई पार्टीबाट निष्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा दिएपछि बिहीबारको प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले थापा निष्कासनमा परेको जानकारी गराएका थिए । त्यसपछि थापा सांसदबाट पदमुक्त भएका थिए ।

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धनलाई समर्थन गर्ने निर्णय गरे पनि थापाले आफूले विपक्षी गठबन्धनलाई साथ नदिने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

महन्त ठाकुर र रेशम चौधरी जसपाबाट निकालिए

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: