१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

राजेन्द्र महतो उपप्रधानमन्त्री, साँझ ६ बजे सपथ



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको जसपा स्रोतको भनाई छ । साँझ ६ बजे सपथ राखिएको छ ।

महतो उपप्रधान तथा शहरी विकास मन्त्री हुने भएका छन् । राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल मियाँ र रेनुका गुरुङ सरकारमा सहभागी हुँदैछन् ।

भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्दा श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय परेको छ ।

जसपका एक नेताका अनुसार चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकबाल मिया वन तथा वातावरण् मन्त्रालयको जिम्मेवारी दिइनेछ भने जसपाले दुई राज्यमन्त्री पनि टुंगो लगाएको छ । चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुने भएका छन् ।


प्रतिक्रिया दिनुहोस !