७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

जुनियर नेता उपप्रधानमन्त्री भएपछि आफु जिम्मेवारीबाट हटेको त्रिपाठीको भनाई



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रीपरिषद् हेरफेर गर्ने क्रममा बहालबाला ४ जनालाई राखेर अरु सबै मन्त्रीहरुलाई बिदा दिएका छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका त्रिपाठीले भने आफूलाई हटाइएको नभइ स्वेच्छाले छोडेको बताएका छन् । उनले आफ्नै इच्छा अनुसार मन्त्रिपरिषदबाट बाहिरिएको स्पष्ट पारे । आफूभन्दा जुनियरलाई उपप्रधानमन्त्री बनाइएकाले पदमा बसिरहन उपयुक्त नठानेको त्रिपाठीको भनाइ छ ।

उनले भने, ‘अहिले विस्तारित मन्त्रीपरिषद्मा मभन्दा जुनियर व्यक्ति नै उपप्रधानमन्त्री हुने भए । आफूभन्दा जुनियरको अन्डरमा बस्नु उचित ठानिनँ ।’


प्रतिक्रिया दिनुहोस !