१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

उठ न आमा !!!



अर्जुन रेग्मी-

ए मेरि आमा उठ न आमा न बोल्छौ न हेर्छौ
न सुन्छौ मैले बोलेको तिमी न त खै सास फेर्छौ ।
म रुदा पहिले काखैमा राखी फुलाउने तिमि थ्यौ
न अहिले हेर्छौ नरोउ न भन्छौ रुदा नि तिम्रै छेउ ।
मलाई केही होला भनेर सोच्ने आमालाई के भयो
डाक्टरले भन्यो माफ गर बाबु आमाको सास गयो ।
तिमी नै आमा नभसी अब के होला हाम्रो हाल
भाइ पनि तिमी बिना त आमा थाम्दैन भातको थाल ।
भाइ रुदै भन्यो आमा खै दादा कता हो गको र
सबैले भन्छ्न आउनुन्न आमा साच्चै के भको र ?
ए आमा उठ्नुस बोल्नुस न केही सुन्दिनुस न कुरा
रिसाको होर ए मेरि आमा म अबुझ भा छु र ?
गर्दिन आमा म कुनै गल्ती दुखाउन्न अब मन
तिमी नै आमा नभसी छेउमा के चल्ला यो जीवन ।
यो सबै आमा सपना होस न देख्न पाउ आँखा छेउ
आमालाई केही हुनु त्यो अगि मलाइ नै मृत्यु देउ ।


प्रतिक्रिया दिनुहोस !