Monday, March 17, 2025

ट्रेन्डिङ :

नेपाल समूहको स्थायी समिति बैठकले निर्णयहरु सार्वजनिक गर्ने

spot_img
spot_img

काठमाडौं : नेकपा एमालेको झलनाथ खनाल– माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै छ । शनिबार मध्यान्ह १२ बजे भर्चुअल मिटिङले विहीबार र शुक्रबार केन्द्रीय सदस्यबाट आएको रायमाथि विमर्श गरिने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । विहीबार र शुक्रबार गरी माधव–झलनाथ पक्षका केन्द्रीय सदस्यहरुको दुई दिने बैठक बसेको थियो । उनका अनुसार केन्द्रीय कमिटी बैठकले केपी ओलीसँग सम्झौताहीन संघर्ष गर्ने लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

साथै पार्टी एकता जोगाउन संस्थापन पक्षसँग वार्ता, संवाद र पार्टी पुनर्गठन अभियान समानान्तर रूपमा सञ्चालन गर्ने बैठकको निष्कर्ष छ । बैठकमा सहभागी बहुसंख्यक केन्द्रीय सदस्यले प्रधानमन्त्री ओलीले अझै जालझेल र दाउपेच गरेर समूहलाई कमजोर बनाउने चलखेल गरिरहेकाले सकभर निश्चित समयसीमा तोकेरै वार्ता गर्नुपर्नेमा जोड दिएका थिए । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक शाक्यले बताइन् । उनले भनिन्, केपी ओली एमालेका लागि मात्र होइन, देशकै लागि बोझ भइसके । अब अब हामीले पनि आफ्नो दिशा तयार गर्नुपर्ने बेला भएको छ । आजको बैठकमा यसबारे गम्भीर छलफल हुन्छ ।ु

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?