१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाॅटी कसरी जोडियो? -डा. भट्टराई



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष शुक्रबार सरकारमा सहभागी भएपछि सोही पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान मान्ने र नमान्नेबीचको घाँटी कसरी जोडियो ? भन्दै प्रश्न गरेका छन ।

डा. भट्टराईले अर्को प्रश्न पनि तेस्र्याएका छन, ‘नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ ?’

सामाजिक संजाल ट्वीटरमा नेता भट्टराईले ‘यक्ष प्रश्न’ भन्दै लेखेका छन्, ‘अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रियतावादको कुरा गरेर मधेशी मतदाता ठग्ने कसरी एकै ठाम ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपाको ठाकुर र महतो पक्षका आठ मन्त्री र दुई राज्यमन्त्रीलाई सहभागी गराई मन्त्रिपरिषद पुनर्गठन गरेका थिए ।

जसपाका अर्का अध्यक्ष भट्टराई र उपेन्द्र यादव भने ओली नेतृत्वको सरकारमा सहभागी हुन नहुने बरु यो सरकारको विकल्प खोज्ने भन्दै कांग्रेस, माओवादीलगायतको विपक्षी गठबन्धनमा छन् ।

 


प्रतिक्रिया दिनुहोस !