९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

Logo

नुहाउदै गरेकी कोरोना संक्रमित किशोरीमाथि बलात्कार प्रयास गर्ने इन्जिनियर पक्राउ



रोल्पा । रोल्पामा धारामा नुहाउदै गरेकी कोरोना संक्रमित किशोरीमाथि बलात्कार प्रयास गर्ने इन्जिनियर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार लमही घर भएका शेषमणी पौडेलले रुन्टीगढी गाउँपालिकाकी स्थानीय किशोरी माथि बलात्कार प्रयास गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । पौडेल रुनटिगढी गाउँपालिकामा कार्यरत इन्जिनियर हुन् ।

उनले किशोरी घर नजिकैको धारामा नुहाउन गएको बेला वोतल भर्ने बहाना गरेर बलात्कारको प्रयास गरेको प्रहरीले बताएको छ। जबरजस्ती करणी असफल भएपछि इन्जिनियर पौडेल भागेर गाउँपालिका कार्यलय पुगेका थिए । उता किशोरी भने घरमा गएर रोइ कराई गरेपछि घटनाबारे थाहा भएको पीडित परिवारको भनाइ छ । जेष्ठ १२ गतेको परिक्षणमा किशोरीमा कोभिड संक्रमण पुष्टि भएको समेत परिवारले जनाएको छ।

पिडक इन्जिनियर अहिले ईप्रका होलेरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी नरेश सुवेदीले जानकारी दिए । विगतमा पनि पौडेलले किशोरीको पिछा गर्ने गरेको साथै फेसबुक आइडिसमेत माग्ने गरेको पीडिले आरोप लगाएकी छन् । नदिए जे पनि गर्ने भन्दै धक्कि दिने गरेको पीडित पक्षको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !