काठमाडौं- नयाँ आर्थिक वर्षमा निजामति कर्मचारीका बालबालिकाका लागि अलग्गै विद्यालय खोल्ने गरी बजेट सहितको व्यवस्था गरिएकोप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले विमति जनाएको छ ।
उनीहरुद्वारा जारी विज्ञप्तिमा यो शिक्षामा वर्ग विभेद गर्ने आधारशीला भएकाले यसको विरोध गर्नुपर्ने बताइएको छ । ‘यो सामुदायिक विद्यालयलाई निकम्मा बनाउने रणनीतिक चाल पनि हो, यसको सामुहिक विरोध गरौं र सामुदायिक विद्यालयलाई अबल बनाउँन पहल गरौं,’ विज्ञप्तिमा उल्लेख छ ।
सैनिक र प्रहरीका सन्ततिका लागि अलग्गै विद्यालय समेत सञ्चालन हुँदै आएकाले सबै नेपालीका सन्तानले समान ढंगबाट अध्ययन गर्ने अवसर पाउने विज्ञप्तिमा उल्लेख छ ।