Wednesday, March 19, 2025

ट्रेन्डिङ :

कोरोना महामारी नियन्त्रण र उपचारमा हालसम्म २३ अर्ब १६ करोड खर्च

spot_img
spot_img

नेपालमा कोरोना भाइरस महामारीको नियन्त्रण र उपचारका लागि गएको वैशाख महिनासम्ममा २३ अर्ब १६ करोड रुपैयाँ खर्च भएको छ ।

त्यसमध्ये ९ अर्ब ६ करोड रुपियाँ भन्दा बढी बजेट स्थानीय तहले खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । वैशाख मसान्तसम्म नेपालमा २७ लाख ३३ हजार परीक्षण गरिएकामा ४ लाख ३९ हजारभन्दा बढीलाई कोरोना भाइरसको सङ्क्रमण देखा परेको थियो भने कोभिड१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या ४ हजार ६ सय भन्दा बढी थियो।

जेठ १९ सम्मको आँकडामा सङ्क्रमितको सङ्ख्या बढेर ५ लाख ७१ हजार नाघेको छ भने मृतकको सङ्ख्या ७ हजार ५ सय काटेको छ।

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा वैशाख मसान्तसम्म सङ्घ, प्रदेश तथा स्थानीय सरकारमार्फत कोभिड १९ सँग सम्बन्धित विषयमा २३ अर्ब १६ करोड रुपियाँ खर्च भइसकेको उल्लेख छ।उक्त रकम मध्ये ९ अर्ब ५९ करोड रुपियाँ अघिल्लो आर्थिक वर्षमा खर्च भएको  छ।

सङ्घीय कोरोना कोष र विनियोजित रकम गरी जम्मा ३४ अर्ब ११ करोड रुपियाँ छुटाइएकोमा वैशाख मसान्तसम्म १० अर्ब ९५ करोड रुपियाँ खर्च हुनै बाँकी रहेको छ।

खर्च भएको रकम कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी कार्यमा प्रयोग गरिने औषधि, उपचार सामाग्रीको आपूर्ति र सङ्क्रमित व्यक्तिको व्यवस्थापन अनि पूर्वाधार निर्माणमा खर्च भएको हो।

कुल खर्चमध्ये वैशाख मसान्तसम्म प्रदेश सरकारले ३ अर्ब २ करोड रुपैयाँ र स्थानीय सरकारले ९ अर्ब ६ करोड रुपियाँ खर्च गरेका छन् ।पहिलो लहरका समयमा केन्द्र सरकारले प्रदेश र स्थानीय तहलाई क्वारेन्टिन र आइसोलेसन केन्द्रहरूको व्यवस्थापनका लागि डेढ अर्ब रुपियाँ भन्दा बढी रकम उपलब्ध गराएको छ ।

गएको शनिबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको बजेटमा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि बजेटले साढे ३७ अर्ब रुपैयाँ छुट्ट्याएको छ। यस्तै खोप खरिदका लागि मात्रै २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरिएका छ ।

मध्य वैशाखसम्म विभिन्न मित्रराष्ट्र तथा दातृ निकायबाट कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहुलीयतपूर्ण कर्जा र अनुदान सहित ५१ करोड ७४ लाख अमेरिकी डलर अर्थात् झण्डै ६० अर्ब रुपैयाँ भन्दा बढीको प्रतिबद्धता प्राप्त भएको सर्वेक्षणमा उल्लेख छ।

त्यसमध्ये ५४ अर्ब रुपियाँ भन्दा बढी सहुलियतपूर्ण ऋण रहेको छ । १ अर्ब ३८ करोड रुपैयाँ अनुदानका साथै ३ अर्ब ९२ करोड रुपियाँ प्राविधिक सहयोगका रूपमा प्राप्त हुनेछ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?