Monday, March 17, 2025

ट्रेन्डिङ :

अमेरिकी अर्थतन्त्र तिब्र वृद्धितर्फ अग्रसर, कामदारको अभाव झेल्दै

spot_img
spot_img

कोरोना भाइरस महामारीका कारण सन् २०२० मा ठूलो आर्थिक सङ्कट र बेरोजगारी झेलेको अमेरिकी अर्थतन्त्र अहिले तिब्र गतिमा अघि बढेको छ ।

कोरोना भाइरसको खोप लगाएसँगै खुला भइरहेको अमेरिकी अर्थतन्त्र अहिले कामदारको अभाव र आपूर्ति व्यवस्थामा समस्या झेलिरहेको छ । अमेरिकी धेरै कम्पनीले कामदार पाउन सकेका छैनन् भने ग्राहकका मागलाई पूर्ति गर्नेगरी सामानको आपूर्ति गर्न मुश्किल परेको छ ।

फिलाडेल्फियास्थित पारिवारिक फर्म चलाउने एल्मर सुल्ज सर्भिसेजका अध्यक्ष कर्बी माल्लोनले भन्छन्, “अहिले परिस्थिति बिस्फोटक छ – अर्थात् बत्ती बाल्नु जत्तिकै छ ।” यस कम्पनीले रेस्टुराँ र अन्य ग्राहकका लागि भान्साघरका सामानको मर्मतसम्भार सम्बन्धी सेवा दिन्छ ।

उनले भने, “श्रम बजार नियन्त्रण बाहिर छ । हामीले प्राविधिक भेट्टाउन सकेका छैनौं । हामीले यति चाँडै बजार खोल्यौं कि हामी सायद तयार नै थिएनौं ।”

आर्थिक क्षेत्रका विज्ञहरुले पनि अमेरिकी अर्थतन्त्रमा पछिल्लो परिस्थिति अनुमान गरेकै थिएनन् । “के यो अर्थतन्त्र सबल भएकै कारण उत्पन्न भएको हो वा संघीय सरकारले उपलब्ध गराएको राहतका कारण भएको हो ?” अर्थ विदहरुको प्रश्न यही छ ।

धेरै पक्षबाट विचार गर्दा खुशी हुनुपर्ने कारणहरु छन  अमेरिकी अर्थतन्त्र जनवरीदेखि मार्चबीचको अवधिमा ६.४ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो त्रैमासिक अवधिमा अर्थतन्त्र झण्डै दोब्बर अंकले वृद्धि हुँदैछ ।

रोजगारीका क्षेत्रमा गत मे महिना ५ लाख ५९ हजार नयाँ रोजगारी सिर्जना भएको थियो । गत अप्रिल महिनामा यस्तो रोजगारी दुई लाख ७८ हजार मात्र थप भएको थियो ।

अर्कोतर्फ, घरमै महिनौ बस्न विवश लाखौं उपभोक्ता बजारमा खुला रुपमा निस्किएका छन् र उनीहरु केही न केही सामान किन्न आतुर देखिएका छन् । उनीहरुलाई संघीय सरकारले यसै वर्ष उपलब्ध गराएको १ हजार ४०० अमेरिकी डलरको राहतले पनि खर्च गर्न उक्साएको छ ।

त्यस्तै अमेरिकी कारखानाहरु पनि आपूर्ति र कामदारको कमीकै बाबजूद पनि उच्च क्षमतामा सञ्चालन हुन थालेका छन् । सप्लाई म्यानेजमेन्ट इन्स्टिच्यूटको सूचक पनि गत महिना ६१.२ विन्दुमा पुगेको थियो

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?