Sunday, April 20, 2025

ट्रेन्डिङ :

प्रदेश १ की सांसद विन्दिया कार्कीका छोरा रविन पक्राउ

spot_img
spot_img

विराटनगर । विराटनगर एयरपोर्ट मोडमा एक जनाको मृत्यु हुनेगरी भएको गाडी दुर्घटनाको विषयमा अनुसन्धान गर्न प्रहरीले प्रदेश १ की सांसद विन्दिया कार्कीका छोरा रविन कार्कीलाई पक्राउ गरेको छ ।

बिहीबार राति भएको दुर्घटनापछि फरार कार्कीलाई आइतबार दिउँसो पक्राउ गरेको हो । प्रत्यक्षदर्शीको वयान र घटनास्थलमा भेटिएको प्रमाणका आधारमा कार्कीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा कार रविनले नै चलाएको देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

बिहीबार राति प्रदेश १ कि प्रदेशसभा सदस्य विन्दियाले प्रयोग गर्दै आएको प्रदेश ३-०१–००२ च २१३९ नम्बरको कारको ठक्करबाट भारतीय नागरिक ३५ वर्षीय मुकेश शर्माको मृत्यु भएको थियो । दुर्घटनामा मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीय रामकुमार राजवंशी घाइते भएका थिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?