१० श्रावण २०८१, बिहीबार | Thu Jul 25 2024

Logo

माओवादीले फिर्ता लियो प्रदेश १ सरकारलाई दिएको समर्थन



विराटनगर। माओवादी केन्द्रले प्रदेश नम्बर १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आइतबार माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश सभा सचिवालयमा दिएका हुन्। सर्वोच्च अदालतले नेकपाबाट पूर्वनेकपा एमाले(माओवादीमा पूर्ववत् रुपमा फर्काएको ३ महिनापछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

गत ५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरुद्धमा उभिएको तत्कालिन नेकपाको माओवादी र माधबकुमार नेपाल खेमाका मन्त्रीहरु सरकारबाट बाहिरिएर त्यसविरुद्ध सडकमा उत्रिएका थिए। पछि सर्वोच्च अदालतले नेकपाको एकता भंग गरेर दुवैलाई पूर्ववत् रुपमा फर्काएको थियो ।


प्रतिक्रिया दिनुहोस !