३० असार २०८१, शनिबार | Sat Jul 13 2024

Logo

संसद विघटनसम्बन्धी रिटमा प्रवेश नगरेरै संवैधानिक इजलास स्थगित



काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा दायर रिटहरूमाथिको वहस सुनुवाइमा प्रवेश नै नगरी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । न्यायधीसद्वय आनन्दमोहन भट्टराई र दीपकुमार कार्कीको न्यायिक निष्पक्षतामाथि प्रश्न उठेपछि संवैधानिक इजलास मुल मुद्दामा प्रवेश नगरी स्थगित भएको हो । महान्यायाधिवक्ता रमेश बडाल, पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, वरिष्ठ अधिवक्ता सुशील पन्तलगायत सरकार पक्षका वकिलहरूले भट्टराई र कार्कीबाट न्यायिक निष्पक्षता हुन नसक्ने तर्क गरेपछि ईजलास विवादमा शुरु भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्नुभएको थियो । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहनुभएको छ ।


प्रतिक्रिया दिनुहोस !