१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

ओली सरकारको अर्को जालझेल, आसेपासेलाई राजदूत बनाउन विधान नै परिवर्तनको तयारी



काठमाडौं : राजदूतको नियुक्तिलाई लिएर पटकपटक विवादमा मुछिँदै आएको केपी शर्मा ओली सरकारले ‘आफन्तहरु’ लाई घुसाउन निर्धारित योग्यताममा फेरबदल गरेको छ। सरकारले विगतमा मन्त्री भइसकेका उम्मेदवारको नियुक्ति हकमा अहिलेसम्म आवश्यक मानिएको स्नातक तहको योग्यता नचाहिने गरी निर्देशिका संशोधन गरेको छ।

सरकारले खासगरी राजनीतिक तथा गैर–कुटनीतिक कोटाबाट राजदूतका योग्यता र क्षमता कमजोर भएको प्रश्न उठेका बेला गोप्य रुपमा निर्देशिका संशोधन गरेको हो। यसपल्ट प्रधानमन्त्री ओलीका मित्र तथा पूर्वमन्त्री युवराज कार्कीलाई बहराइनका लागि राजदूत बनाउन यो संशोधन गरेको बुझिएको छ। पछिल्लो ११ मुलुकमा राजदूत नियुक्ति सिफारिस गर्नुभन्दा पहिले गत वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले विगतमा मन्त्री भइसकेका उम्मेदवारको नियुक्ति हकमा स्नातक तहको अध्ययन नचाहिने गरी सांशोधिन निर्देशिका पारित गरेको परराष्ट्रमन्त्रालयका एक अधिकारीले बताए।

राजदूत नियुक्तिसम्बन्धी यसअघिको निर्देशिकामा कम्तीमा स्नातक तहको शिक्षा प्राप्त गरेका,सम्बन्धित मुलुकको भाषासहित अन्य विषयमा जानकार भएकालाई राजदूतमा सिफारिस गर्ने व्यवस्था गरिएको थियो। तर मन्त्रिपरिषद्ले पछिल्लो पटक सिफारिस गरेका ११ राजदूतमध्ये ९ जना राजनीतिक कोटाबाट परेका छन्। ती अधिकारीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा निर्देशिका संशोधन गरिएको हो। यसअघि आफ्नालाई राजदूत बनाएर पठाउने प्रवृति थियो भने यसपटक आफ्नालाई राजदूत बनाएर पठाउन निर्धारित योग्यता नै परिवर्तन गरेको हो।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय